इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको इन्टरनेटको मूल्य बढाएका छन्।
बुधबार बसेको इन्टरनेट सेवा प्रदायक संघ नेपालको बैठकले मूल्य बढाउने निर्णय गरेको हो।
संघले गरेको निर्णय अनुसार ग्रामीण क्षेत्रमा प्रतिग्राहक तीन सय र सहरी क्षेत्रमा प्रति ग्राहक एक सय ५० रुपैयाँका दरले मूल्य बढ्ने छ।
नेपाल विद्युत प्राधिकरणले आफ्नो ओपीजी फाइबरको भाडादर वृद्धि गरी एक वर्षमा प्रतिकिमी कर बाहेक ३२ हजार बनाएका कारण मूल्य बढाउनुपरेको संघले जनाएको हो।
सो रकम पहिलेको तुलनामा दोब्बर भएको संघले जनाएकाे छ।
आफूहरुसँग कुनै समन्वय नै नगरी प्राधिकरणले भाडादर बढाएको आरोप संघले लगाएको छ।
174
Shares
प्रतिक्रिया