ad ad

कारोबार


चाडबाडमा गाडीः ग्राहकलाई नगद छुटको भारी

चाडबाडमा गाडीः ग्राहकलाई नगद छुटको भारी

नेपालखबर
भदौ ३०, २०७८ बुधबार १३:२९, काठमाडौँ

गाडी बिक्रेता कम्पनीहरुले चाडपर्व लक्षित गर्दै गाडीमा भारी नगद छुट ल्याएका छन्। 

कम्पनीहरुले एउटै गाडी खरिदमा नगदै ३ लाखसम्मको छुट ल्याएका हुन्। 

कम्पनीहरुले नगद छुटसँगै एक्सचेञ्ज, सडक दस्तुर, डाउनपेमेन्ट, सस्तो ब्याजदरका अफर पनि सार्वजनिक गरेका छन्। 

टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी टे«डिङले दशैं तिहार अफरमा २ लाखसम्म नगद छुट दिएको छ।

टाटाले नेपालमा प्यासेन्जर भेहिकलमा सफारी, नेक्सन, टिगोर, अल्ट्रोज, टियागो, एच५ का गाडी बिक्री गर्दै आएको छ। टाटाले नेक्सन ईभीको गाडी समेत नेपाल भित्र्याइसकेको छ। 

हुन्डाई नेपालले तीन लाखसम्मको नगद छुट दिएको छ। त्यसबाहेक स्क्रयाच कार्डबाट १ लाखसम्मको छुट पाइने उल्लेख गरेको छ। 

नेपाली बजारमा ठूलो बजार हिस्सा ओगटेको हुन्डाईले सेन्ट्रो, ग्रान्ड आई १०, आई २०, आउरा, भेन्यु, क्रेटा, टक्सन, आउरा बिक्री गर्दै आएको छ। विद्युतीयमा आईकोनिक र कोना गाडी बिक्री गर्दै आएको उल्लेख गरेको छ। 

सुजुकीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले २ लाखसम्म नगद छुट दिएको छ। एक्सचेञ्ज गर्दा १ लाख ५० हजार बोनस र स्क्रयाच कार्डमा ७५ हजारसम्मका अफर ल्याइएको छ। 

सुजुकीले नेपालमा अल्टो, डिजायर, बलेनो, एसप्रेसो, स्विफ्ट, भिटारा ब्रेजा, एसक्रस, एक्सएल६ का प्यासेन्जर भेहिकल बिक्री गर्दै आएको छ। 

निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले फेस्टिभ ड्राइभ अफर ल्याएको छ। जसमा २ लाख ५० हजार नगद छुट हुने उल्लेख गरेको छ।

निशानको म्याग्नाइट, किक्स सबैभन्दा बढी गाडी बिक्री हुँदै आएको छ। 

पायोनियर मोटोकर्पले नै बिक्रीवितरण गर्दै आएको ड्याट्सनले नगद छुट १ लाख २५ हजारसम्म दिएको छ।

ड्याटसनको गाडी खरिद गर्दा २८ हजार रुपैयाँको रेडमी नोट मोबाइल प्रदान गर्नेछ। ड्याट्सनले साढे २४ लाख र साढे २८ लाख रुपैयाँको गाडी बिक्री गर्दै आएको छ। 

डीएफएसके नेपालको आधिकारिक बिक्रेता कुजु नेपाल प्रालिले २ लाख ५० हजारसम्म नगद छुट दिएको छ। डीएफएसकेको गाडीसँग एक्सचेञ्जमा ५० हजार बोनस दिने उल्लेख गरेको छ। 

प्रोटोनले दशैं दक्षिणा ल्याएको छ। कम्पनीले नगद छुट ५० हजारदेखि २ लाख ५० हजारसम्म दिएको छ। कम्पनीले सागा र एक्स ७० गाडी बिक्री गर्दै आएको छ। 

ग्रेटवाल मोटर्सले चाडपर्वको अवसरमा ६ लाखसम्मको सुविधा पाउने उल्लेख गरेको छ। कम्पनीले हावल जोलियन, हावाल एच६ र पोअरको गाडी बिक्री गर्दै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .