ad ad

कारोबार


अर्थमन्त्रालयका ४ सहसचिव प्रदेश पुगे, मन्त्रालयमा ढुंगाना

अर्थमन्त्रालयका ४ सहसचिव प्रदेश पुगे, मन्त्रालयमा ढुंगाना

नेपालखबर
भदौ २९, २०७८ मंगलबार १८:२५, काठमाडौँ

अर्थमन्त्रालयका सहसचिवहरूको फेरबदल भएको छ। मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट ८५ सहसचिवको सरुवा गरेको हो।

 जसमा अर्थमन्त्रालय तथा सो मन्त्रालय मातहतको निकायबाट ५ सहसचिव बाहिरिएका छन्। 

अर्थमन्त्रालय विदेशी सहायता समन्वय महाशाखा प्रमुखको रुपमा रहेका धनीराम शर्मा वागमती प्रदेश सरुवा भएका छन्।

आन्तरिक राजश्व विभागको महानिर्देशक रहेर हाल अर्थमन्त्रालय तानिएका झक्क प्रसाद आचार्य कर्णाली प्रदेश पुगेका छन्। बजेट महाशाखा प्रमुख भएर काम गरेका सुमन दाहाल प्रदेश १ पुगेका छन्। अर्थमन्त्रालय मातहतमा रहेका ज्ञानेन्द्र पौडेल गण्डकी प्रदेश पुगेका हुन्। 

अर्थ मातहतको भन्सार विभागमा रहेका श्याम भण्डारी अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेका छन् भने अर्थमन्त्रालयमा नवराज ढुंगाना आएका छन्। उनी यस भन्दा अघि दलित आयोगमा रहेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .