कारोबार


मञ्जुश्री फाइनान्सका थप तीन शाखा विस्तार

मञ्जुश्री फाइनान्सका थप तीन शाखा विस्तार

मञ्जुश्री फाइनान्स लिमिटेडले नवलपुर जिल्लाको गैँडाकोट, चितवन जिल्लाको भरतपुरस्थित हाकिमचौक र पर्साबजार शाखाको कारोबार शुभारम्भ गरेको छ। 

मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समिति अध्यक्ष इन्दिरा पण्डित र सञ्चालक समिति सदस्यहरुले  शाखा कार्यालयको उद्घाटन गरे। काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको सो फाइनान्सको यसअघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, विरगञ्ज, मुर्गिया, योगीकुटि, मणिग्राम र भैरहवामा १५ वटा शाखा रहेका थिए भने अव थप ३ सहित शाखा संख्या १८ पुगेका छन्। 

२०७८ साल असाढ मसान्तसम्म रु. ९६ करोड ५३ लाख चुक्ता पुँजी एवं रु ५० करोड डिबेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाइनान्सले रु ८.९१ अर्व निक्षेप संकलन गरी रु ७.९५ अर्ब कर्जा परिचालन गरेको छ। 

यसका साथै फाइनान्सले विप्रेषण, मोवाइल बैकिङ, इन्टरनेट बैकिङ र एटीएम सेवा  लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको छ।

भदौ २९, २०७८, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .