ad ad

कारोबार


काठमाडौं किंग्स ११ लाई शिव शक्ति ग्रुपकाे साथ

काठमाडौं किंग्स ११ लाई शिव शक्ति ग्रुपकाे साथ

नेपालखबर
भदौ २८, २०७८ सोमबार १९:४१, काठमाडौँ

व्यापारिक समूह, शिव शक्ति ग्रुप अब काठमाडौं किंग्स ११ (केके ११) को ‘गोल्ड पार्टनर’ बनेको छ।

टेली होल्डिङ प्राली अन्तर्गतको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा खेल्ने फ्रान्चाइज टोली काठमाडौं किंग्स ११ ले शिव शक्ति ग्रुपको ‘फेमली आयल र उर्जा राइस’ सँग एक सम्झौतामा हस्ताक्षर गरेको छ।

सोमबार भएको सम्झौता अनुसार यसपालि हुन गइरहेको ईपीएलमा काठमाडौं किंग्स ११ लाई शिव शक्ति ग्रुपले सहयाेग गर्ने भएकाे हाे।

शिव शक्ति ग्रुपका निर्देशक सन्दीप अग्रवाल भन्छन्, ‘नेपालको खेलकुद क्षेत्र अझै उच्च मुकाममा पुग्न बाँकी छ। हामीले नेपाली टिमलाई विश्व मञ्चमा उत्कृष्ट प्रदर्शन गरेको देखिरहेका छौं। एक अग्रणी व्यापारिक ग्रुप भएको नाताले कर्पोरेट उत्तरदायित्वको महत्व बुझेर हामीले नेपाली क्रिकेटरहरुको प्रतिभामा निखार ल्याउन मद्दत गर्ने नेपालकै उत्कृष्ट लिगमा लगानी गरेका हौं।’

त्यसैगरी, टेली होल्डिङ प्रालिका अध्यक्ष संजय अग्रवाल भन्छन्, ‘अहिलेको महामारीको समयमा पनि हामी, केके११ र शिव शक्ति ग्रुपले मिलेर समन्वय गर्ने वातावरण बनाउन सफल भएका छौं। यस समन्वयले टिमको हौसलामा वृद्धि गर्नेछ र हामी शिव शक्ति ग्रुपलाई यसको लागि धन्यवाद दिन चाहन्छु र हामी खेलहरु जितेर इतिहास कोर्न तयार रहेका छौं।’

यसपालिको ईपीएलमा काठमाडौं किंग्स११  मा पाकिस्तान राष्ट्रिय टोलीका पूर्व कप्तान शाहिद आफ्रिदी, सन्दीप लामिछाने, ‘इन्डियन प्रिमियम लिग (आईपीएल) मा खेल्ने एकमात्र नेपाली खेलाडी, सुबास खकुरेल, शेर मल्ल र अरु प्रतिभाशाली खेलाडीहरु छन्। 

ईपीएलको आयोजक समितिले पनि दुवै ब्रान्डहरुलाई सफलतापूर्वक समन्वय गरेकोमा धन्यवाद व्यक्त गरेको छ र साथै, सम्पूर्ण ब्रान्डहरुले प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयोग गरेकोमा आभार व्यक्त गरेको छ। 

शिव शत्ति ग्रुप नेपाली बजारमा एक अग्रणी उपभोक्ता उत्पादन निर्माता हो। जसको व्यवसायमा अल्मुनियम, प्लास्टिक फेब्रिक, प्याकेजिङ, लुगा धुने साबुन, कृषि जन्य उत्पादनहरु (जस्तै, चामल, तोरीको तेल, भटमासको तेल, सन्फ्लावरको तेल, दाल र अरु खाद्य तेल) पर्दछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .