ad ad

कारोबार


सानिमा बैंकका ग्राहकले शून्य प्रतिशत किस्तामा सामसुङको स्मार्टफोन खरिद गर्न सक्ने

सानिमा बैंकका ग्राहकले शून्य प्रतिशत किस्तामा सामसुङको स्मार्टफोन खरिद गर्न सक्ने

नेपालखबर
भदौ २८, २०७८ सोमबार १६:२८, काठमाडौँ

सानिमा बैंक लिमिटेड र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेताहरु आईएमएस नेपाल प्रा. लि. र हिम इलेक्ट्रोनिक्सबीच सम्झौता भएको छ।

सानिमा बैंकका ग्राहकहरुलाई सामसुङको फ्ल्यागसिप स्मार्टफोन जस्तै जेड फोल्ड थ्री र जेड फ्लिप थ्री स्मार्टफोन शून्य प्रतिशत मासिक किस्तामा (जिरो ईएमआई) प्रदान गर्ने सम्झौता भएको हो।

सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्ट फोनहरु जेड फोल्ड थ्री र जेड फ्लिप थ्री शून्य प्रतिशत मासिक किस्तामा १२ महिना समयावधिको लागि प्रि-बुकिङ गर्न सकिनेछ। 

यसका साथै प्रि-बुकिङमा आकर्षक उपहार पनि प्राप्त गर्न सकिने बैंकले जनाएको छ। भदौ २० गतेबाट प्रि-बुकिङ शुरु भएको उक्त मोबाइल फोनको औपचारिक लन्च आश्विन ६ गते हुनेछ।

प्रि-बुकिङ आइएमएस स्मार्ट तथा सामसुङ प्लाजास्थित हिम इलेक्ट्रोनिक्सको नेपालभर रहेका आधिकारिक आउटलेटबाट गर्न सकिने छ।

सानिमा बैंकको क्रेडिट कार्ड बैंकको वेभसाइट मा लगइन गरी आवेदन दिन सकिन्छ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९६ वटा एटीएम सञ्चालनमा रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .