अरुण कावेली पावर लिमिटेडले सेयर धनीहरूलाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
शनिवार काठमाडौंमा भएको साधारण सभाले संचित मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको १७ प्रतिशतको दरले बोनश सेयर लाभांश दिने निर्णय गरेको हो।
साथै कम्पनीले सेयरधनीलाई कर प्रयोजनको लागि थप ०.८९ प्रतिशत नगद लाभांश गरी कुल १७.८९ प्रतिशत दिने निर्णय गरेको छ।
पाँचथर र ताप्लेजुङको बिच भएर बग्ने कावेली नदीमा २५ मेघावाटको जलविद्युत आयोजना सञ्चालनमा रहेको छ।
२०७६ कार्तिक २३ बाट व्यापारिक उत्पादन शुरु गरेको अरुण कावेली पावर लिमिटेडले ७०.६७ करोड आम्दानी गरिसकेको छ।
81
Shares
प्रतिक्रिया