ad ad

कारोबार


सरकारले शनिबारसम्म रोक्यो तलब भत्ताबाहेक सबै बजेट निकासा

सरकारले शनिबारसम्म रोक्यो तलब भत्ताबाहेक सबै बजेट निकासा

नेपालखबर
भदौ २४, २०७८ बिहिबार १४:२३, काठमाडौँ

तलब भत्ताबाहेक सरकारले बजेट निकासा पूर्ण रुपमा रोकेको छ। 

महालेखा नियन्त्रकको कार्यालयले एक सूचना जारी गर्दै चालू आर्थिक वर्षको बजेटबाट तलब भत्ता र निवृत्तिभरणबाहेकको कुनै पनि निकासा रोक्ने निर्णय भएको जानकारी गराएको छ। 

महालेखाले सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘निवृत्तिभरण र तलबभत्ताबाहेकको कुनै पनि बजेट निकासा बिहीबारदेखि शनिबारसम्म नगर्न नगराउनुहुन अुनरोध छ।’

कोष तथा लेखा नियन्त्रक कार्यालयहरु, प्रदेश लेखा नियन्त्रक कार्यालयहरु र प्रदेश लेखा इकाइ कार्यालयहरु सबैलाई निकासा रोक्न महालेखा नियन्त्रकको कार्यालयले भनेको हो। 

सरकारले बजेट संशोधन गर्न चाहेको छ। जसअनुसार अर्थ मन्त्रालयले प्रतिस्थापन विधेयक समेत तयार गरिसकेको छ।  

जुन विधेयक सरकारले संसदमा नै पेस गर्ने चरणमा पुगेको जानाएको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार शुक्रबार उक्त विधेयक संसदमा पेश गरिने योजना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .