अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं आइपुगेका छन्।
उपाध्यक्ष सुमार नेतृत्वको टोली कतार एयरवेजमार्फत बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अतवरण गरेको हो।
उपाध्यक्ष सुमार र सहायक उपाध्यक्ष ब्रुक्ससहितको टोलीले नेपालसँग एमसीसी सम्झौताबारे प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
चार दिनसम्म नेपाल भ्रमणमा रहने सुमार नेतृत्वको टोलीले प्रधानमन्त्री देउवासँग आजै भेटवार्ता गर्ने कार्यतालिका छ।
यसअघि बुधबार मात्रै उपाध्यक्ष सुमारले एमसीसीबारे नेपाल सरकारले सोधेका ११ प्रश्नका लिखित जवाफ पठाएकी थिइन्।
यो पनि–
एमसीसीबारे नेपालले राखेका ११ जिज्ञासामा अमेरिकाले दियो एक–एक जवाफ (पूर्ण पाठ)
Shares
प्रतिक्रिया