ad ad

कारोबार


‘हुन्डाई फेस्टिभ डिलाइट’: गत वर्षका विजेतालाई साँचो हस्तान्तरण, नयाँ सुरु

‘हुन्डाई फेस्टिभ डिलाइट’: गत वर्षका विजेतालाई साँचो हस्तान्तरण, नयाँ सुरु

नेपालखबर
भदौ २३, २०७८ बुधबार १४:४१, काठमाडौँ

हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अघिल्लो वर्षको चाडपर्व स्किम ‘यसपालिको दशैं तिहार, वेलकम टु हुन्डाई परिवार’ योजनाका विजेतालाई गाडीको साँचो हस्तान्तरण गरेको छ।

सहभागी ग्राहकहरुबाट ग्राण्ड आई १० नियोस म्याग्ना विजेता कुपन नम्बर १४४५ का श्यामप्रसाद पौडेल र हुन्डाई अउरा (एस) विजेता चेतनारायण सापकोटा (कुपन नम्बर १६१७) लाई गाडीको साँचो हस्तान्तरण गरिएको हो।

उक्त लक्की ड्र साउन ११ (जुलाई २६) गते हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रसारणमार्फत विजेता छनोट गरिएको थियो। कोभिड १९ को दोस्रो लहरको कारण सम्पूर्ण जनजीवन नै अस्तव्यस्त भएकोले गत वर्षको लक्की ड्र केही ढिला गरी भएको हो । 

साथै, भदौ २४ गते बिहीबारबाट आउँदै गरेको चाडपर्वलाई लक्षित गर्दै ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ ग्राहकमाझ प्रस्तुत गर्ने भएको हो। 

हुन्डाईले विगतमा पनि सधैँ आफ्ना ग्राहकसँग जोडिन यस्ता किसिमका ग्राहक केन्द्रित योजना ल्याउने गरेको छ ।  

यस वर्ष पनि ग्राहकले विगतमा जस्तै नगद छुट, बम्पर उपहारको साथ थुप्रै स्किम पाउनेछन्। 

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालका विभिन्न सहरमा १३ वटा शोरुम र १७ वटा सर्भिस सेन्टरमार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .