ad ad

कारोबार


अब ठूला परियोजना सरकार र निजी क्षेत्रको सहकार्यमाः प्रधानमन्त्री देउवा

अब ठूला परियोजना सरकार र निजी क्षेत्रको सहकार्यमाः प्रधानमन्त्री देउवा

नेपालखबर
भदौ २३, २०७८ बुधबार १२:३२, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले ठूला परियोजनाहरु सरकार र निजी क्षेत्रको सहकार्यमा गरिने बताएका छन्। 

लगानी बोर्ड नेपाल दशौं वर्षमा प्रवेशको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाल सरकारले  विदेशी लगानीको लागि सहजीकरण गर्ने बताउँदै लगानीमा पनि सरकारले सहकार्य गर्ने बताएका हुन्। 

भौतिक संरचना निर्माण गरी तीव्र औद्योगीकरण, रोजगारी सिर्जना, सेवा क्षेत्रको विस्तार गर्न  स्वदेशी एवं विदेशी निजी क्षेत्रको लगानी आकर्षित गर्नुपर्ने उनले बताए। 

लगानी बोर्ड नेपाल मुलुकको विकासका लागि ठूला परियोजनाको कार्यान्वयनका लागि प्रयत्नरत रहेको प्रधानमन्त्री देउवाको भनाइ छ। 

लगानी बोर्डको अध्यक्ष समेत रहेका उनले यस संस्थाले विगत १० वर्षमा विदेशी लगानी भित्र्याई परियोजनाको अध्ययन, कार्यान्वयन, निर्माण तथा उत्पादनका सम्बन्धमा बनाएका सूचकहरूले यस संस्थाको स्थापनाको महत्वलाई प्रस्ट्याएको बताए। 

उनले भने, ‘नेपालको रुपान्तरण र विकासको लक्ष्यलाई कार्यान्वयन गर्न विदेशी पुँजी, प्रविधि, ज्ञान र सीपजस्ता महत्त्वपूर्ण तत्वहरूको समुचित प्रयोग गर्न अपरिहार्य हुन्छ। नेपालको आर्थिक सम्भाव्यताका क्षेत्रहरूको पहिचान, तुलनात्मक लाभका परियोजनाहरूको पहिचान, विकास, स्रोत व्यवस्थापन तथा कार्यान्वयनमा सहजीकरण, समन्वय तथा सहकार्यको वातावरण बनाउन समेत लगानी बोर्ड नेपालको महत्त्वपूर्ण भूमिका छ।’

लगानी बोर्ड नेपालले लिएको संस्थागत सुधार, परियोजना विकास तथा व्यवस्थापन, लगानी प्रवर्द्धन, सहकार्य, नेटवर्किङलगायतका कार्यले लगानीकर्ता विकासकर्तालाई छिटो, छरितो, अनुमानयोग्य, समयबद्ध, सेवाहरू प्रभावकारी रूपमा उपलब्ध गराउने अपेक्षा गरेको समेत उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .