कुमारी बैंक लिमिटेडले कोभिड–१९को संक्रमणसँग जुध्नका लागि ‘निःशुल्क एन्टिजेन टेस्ट क्याम्प’ आयोजना गरेको छ।
सो क्याम्प काठमाडौंको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा शुक्रबार आयोजना गरेको बैंकले जनाएको छ।
क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई एन्टिजेन परीक्षण गराउने व्यक्तिको कोरोना संक्रमण भए–नभएको रिपोर्ट १५ मिनेटमा नै दिएको जानकारी गराएको छ।
आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोनाविरुद्धको लडाइँमा बैंकले सहयोग गर्ने उद्देश्यले उपर्युक्त कार्यक्रम आयोजना गरेको हो।
आफ्नो डिजिटल सामर्थ्यलाई परिष्कृत गर्न कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १६५ एटीएम, २८ शाखारहित बैंकिङ्ग इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ।
प्रतिक्रिया