ad ad

कारोबार


नेपाल र पीएनजीबीच हुने ओडीआई सिरिजको प्रत्यक्ष प्रशारण डिशहोमले गर्ने

नेपाल र पीएनजीबीच हुने ओडीआई सिरिजको प्रत्यक्ष प्रशारण डिशहोमले गर्ने

नेपालखबर
भदौ १५, २०७८ मंगलबार २१:४४, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेडबीच नेपाल र  पीएनजीबीच हुने एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजको प्रत्यक्ष प्रशारण गर्ने सहमतिमा हस्ताक्षर भएको छ।

डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले सम्झौतामा हस्ताक्षर गरेका छन्।

उक्त सिरिजका दुई खेल यही भदौ २२ र २५ गते हुने छ।

सिरिजको एक खेल डे म्याच हुने छ भने दोस्रो खेल नेपालको फर्स्ट डे÷नाइट ओडीआई हुने छ।

यो सम्झौता अन्तर्गत ओमानमा आयोजना हुने खेलहरु डिशहोमले एक्सन स्पोर्टस एचडी१ र डिशहोम गो ओट एपमार्फत प्रत्यक्ष प्रशारण गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .