ad ad

कारोबार


दराजमा अब सहजै सामान फिर्ता गर्न सकिने

दराजमा अब सहजै सामान फिर्ता गर्न सकिने

नेपालखबर
भदौ १५, २०७८ मंगलबार २१:३६, काठमाडौँ

दराजले ग्राहकहरुको लागि अनलाइन शपिङ अझ सुविधाजनक बनाएको छ। दराजले आईएमई पेसँग साझेदारी गरी देशका बिभिन्न भागहरुमा नयाँ ड्रप अफ पोइन्ट्सहरु घोषणा गरेको छ। 

कम्पनीका अनुसार यस साझेदारीको माध्यमबाट, चयन आईएमई पे हब दराज ग्राहकहरुको लागि ड्रप अफ पोइन्ट्सको रूपमा कार्यमा आउने छ र सामान रिटर्नको लागि एक अधिक सुविधाजनक र परेशानी मुक्त उपाय प्रदान गर्नेछ। ग्राहकहरु अब केवल आफ्नो निकटतम आईएमई पे हबमा गएर कुनै पनि उत्पादनहरु सजिलैसंग फिर्ता गर्न सक्नेछन्। 

दराज जस्तै ई–वाणिज्य र आईएमई पे जस्तो फिनटेक कम्पनीबीच यस हिसाबको साझेदारी नेपालमा पहिलो पटक उत्पन्न भएको दराजले जनाएको छ। कम्पनीका अनुसार यस साझेदारीको उदेस्य भने ग्राहकहरुलाई अनलाईन डिजिटल प्लेटफर्मको प्रयोग गर्न अतिरिक्त कारणहरु पेश गर्नुको साथ साथै ई–वाणिज्य इकोसिस्टमलाई अझै माथि बढ्न मद्दत गर्नु पनि हो।  

दराजको हब बाहेक, ग्राहकहरु अब उपत्यका भित्र र बाहिर स्थित चयन आईएमई पे हबहरुमा गई आफ्नो प्याकेज फिर्ता गर्नको लागि छोड्न सक्नेछन्।

स्थान विवरण निम्नानुसार छन् 
१) बज्र सब रेमिट - जोरपाटी , काठमाडौँ

२) हेलो हाई कनेक्सन - जावलाखेल, ललितपुर 
३) सिम्पल सब मनि ट्रान्सफर – कोटेश्वोर, काठमाडौँ
४) पीबी ट्राभल्स एंड टुर्स – बुद्ध चोक, पोखरा
५) सामभावी ट्रेडर्स - बैंक अफ काठमाडौँ , बिराटनगर 
६) नीऊ बीरगञ्ज मनि ट्रान्सफर – भानु चोक , बीरगञ्ज

यी ६ स्थानहरुसंगै, थप १८ वटा स्थानहरु अर्को हप्ता भित्र खोलिने कम्पनीले जानकारी दिएको छ। 

यसै गरि, ग्राहकहरुले दराज एप मार्फत सामान फिर्ता गर्ने क्रममा दुई विकल्पहरुको चयन गर्न पाउने छन्। पहिलो विकल्प भने ग्राहकहरुले दराजको डेक्स राईडरलाई बोलाई आफ्नो सामान फिर्ता दिएर पठाउन सक्नेछन् भने दोस्रो विकल्प इच्छुक ग्राहकहरु आफै ड्रप अफ पोईण्टमा गई सामान छोड्न सकिनेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .