ad ad

कारोबार


विना सरोकारका निकायले जलविद्युत् परियोजना होल्ड गर्नु भएनः मन्त्री भुसाल

विना सरोकारका निकायले जलविद्युत् परियोजना होल्ड गर्नु भएनः मन्त्री भुसाल

नेपालखबर
भदौ १३, २०७८ आइतबार १६:५३, काठमाडौँ

विना सरोकारका निकायले जलविद्युत परियोजना होल्ड गर्नु नुहने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बताएकी छन्। स्रोत लगानीे लगानी गर्नु ठिक छ तर आफै उत्पादक बन्नु उचित नभएको बताएकी हुन्।

उनले भनिन्, ‘सबैलाई स्रोत परिचालन गर्ने रहर छ। आर्थिक स्रोत भएकाले लगानी गरे पनि उत्पादन गर्ने  एउटै निकाय हुनुपर्छ।’ 

आर्थिक स्रोत सबल भएका निकायले जलविद्युत् क्षेत्रमा लगानी गर्न तत्परता देखाउनु राम्रो कुरा हो। स्रोत र साधन चलाउने रहरमात्र गरेर हुँदैन दक्षता पनि हासिल गर्नुपर्ने मन्त्री भुसालको भनाई छ।

नेपाल आर्मी, विद्युत विकास विभाग, सञ्चय कोष, नागरिक लगानी कोष जस्ता निकायले लगानी गर्नु उचित तर आफैँ उत्पादक नबन्दा राम्रो हुने मन्त्रीको धारणा छ। 

यस्ता विषयको नियमकको भूमिकामा जल तथा ऊर्जा आयोग ले निभाउनुपर्ने मन्त्री भुषासले एक कार्यक्रममा बताएकी हुन्।

जल तथा ऊर्जा आयोगको सचिवालयको गतिविधिबारे आज जानकारी लिने क्रममा उनले भनन्,ि ‘आयोगलाई नियमनका अधिकार दिनुपर्छ भन्नेमा म सहमत छु।’ 

कुनै पनि निकायले आफ्नो क्षेत्राधिकारभित्र रहेर कुशलतापूर्वक काम गर्नुपर्नेमा जोड दिँदै उनले आयोगलाई जनशक्ति एवं आर्थिक स्रोत उपलब्ध गराएर कामका हिसाबले मूर्तिकृत गराइने बताइन्। 

भूमिगत एवं सतहका जलस्रोत, आयोगको क्षेत्र भएको उल्लेख मन्त्री भुसालले गर्दै नीतिगतरूपमा अध्ययन, अनुसन्धान र कार्यान्वयनका निकायहरू निर्धारित मूल्यमान्यताभित्र छन कि छैनन् भन्ने अनुगमन गरेर त्यसको नियमन गर्ने विषयलाई सबै ढङ्गले व्यवस्थित गराउनुपर्नेमा जोड दिएकी हुन्।

ऊर्जा सचिव देवेन्द्र कार्कीले नीतिअनुसार ऐन, नियमलगायत संरचना बनाएर आयोगलाई सबल बनाउनुपर्ने बताए।

जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राईले सरकार र निजी क्षेत्रबाट प्राकृतिक स्रोतमा सङ्कट पैदा हुँदै गएकाले आयोगलाई नियमनकारी निकायका रूपमा विकास गर्नुपर्ने बताए। त्यस्तै आयोगको सचिवालयका सचिव मणिराम गेलालले ऊर्जा तथा जलस्रोत आयोगलाई कानूनीरूपमा सबल 

बनाउनुपर्नेमा जोड दिनुभयो। आयोगले प्राविधिक, नीतिगत र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कानुनी विषयमा व्यापक विश्लेषण गरी सरकारलाई निर्णय लिन सहयोग गर्दै आएको छ। सो अवसरमा बेरुजु फछ्र्योटमा महत्वपूर्ण योगदान गर्ने कर्मचारीलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .