ad ad

कारोबार


हवाई यात्रुको अधिकार सुनिश्चित गर्न ऐन बनाउने तयारी

हवाई यात्रुको अधिकार सुनिश्चित गर्न ऐन बनाउने तयारी

नेपालखबर
भदौ ११, २०७८ शुक्रबार १७:२३, काठमाडौँ

नेपालमा पहिलो पटक हवाई यात्रुको अधिकार सुनिश्चितका लागि ऐन बन्ने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले वायु सेवा सञ्चालकको दायित्वको विषयमा मस्यौदा  बनाउन समिति बनाएको हो।

मन्त्रालयका हवाई महाशाखा प्रमुख बुद्धिसागर लामिछानेको संयोजकत्वमा ७ सदस्यीय समिति बनाएको छ। जसमा नागरिक उड्डयन प्राधिकरण, हवाई सेवा सञ्चालक संघ र उड्डयन क्षेत्रका विज्ञ सम्मिलित समिति बनेको छ। 

समितिले मस्यौदामा के कस्ता कुरा समेट्ने भन्ने विषयमा छलफल गरिरहेको समिति संयोजक बुद्धिसागर लामिछानेले बताए। 

‘नेपालमा हवाई यात्रुको अधिकार सम्बन्धी कानुन बनेकै छैन,’ मन्त्रालयका सहसचिव लामिछानेले भने ‘ऐन निर्माण भयो भने हवाई यात्रुको अधिकार सुनिश्चित हुन्छ।’

उनले मस्यौदाको लागि छलफल शुरु भएपनि तयार हुन समय लाग्ने बताए। मस्यौदामा हवाई यात्रुहरुको इन्स्योरेन्सको लागि विशेष व्यवस्था हुनेछ। यात्रुको दुर्घटनाको लागि तेस्रो पक्षको बीमा हुनेछ। 

‘कुनै हवाई यात्रुको ब्यागेज टुटफुट भए यात्रुले कसरी क्षतिपूर्ति पाउने भन्ने स्पष्ट कानुनी व्यवस्था छैन,’ लामिछानेले भने ‘हवाई दुर्घटना भए कतिको बीमा हुने, ब्यागेज हराए के हुने भन्ने विषय मस्यौदामा समेट्छौं।’

समितिले तयार पारेको मस्यौदालाई मन्त्रालयले अन्तिम रुप दिई कानुन मन्त्रालय पठाउँछ। कानुन मन्त्रालयले मस्यौदाको प्राविधिक कुरा हेरी उड्डयन मन्त्रालयमै फिर्ता पठाउँछ। 

मन्त्रालयले मन्त्रिपरिषदमा मस्यौदा लैजान्छ। मन्त्रिपरिषदले उक्त मस्यौदामा आवश्यक छलफल वा मरिमार्जन गरी पास गर्छ। त्यसपछि विभागीय मन्त्रीले संसदमा विधेयकको रुपमा पेश गर्छ। संसदका दुवै सदनले पास गरेपनि कानुनी मान्यता पाउँछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .