महालेखा परीक्षकको कार्यालयले कोरोना बीमाको ६ अर्ब १६ करोड भुक्तानी हुन नसकेको जनाएको छ।
कार्यालयले ५८औँ वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै १० अर्ब ९७ करोडको बीमा दाबी पेस भएको ६ अर्ब १६ करोड बाँकी रहेको उल्लेख गरेको छ।
गत असारसम्म १७ लाख ५८ हजारले बीमा गरेका थिए। जसमा १ लाख १४ हजार बीमितले दाबी गरेका थिए।
बीमाबापत १ अर्ब ५ करोड बीमा प्रिमियम संकलन भएकोमा प्रिमियमभन्दा ९ अर्ब ९२ करोड बढी दाबी पेश भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
अहिले पनि धेरै कोरोना बीमितहरुले भुक्तानी पाउन सकेका छैनन्। निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले बीमा भुक्तानी दिन पटक पटक निर्देशन दिएपछि केही भुक्तानी भए पनि अझै अर्बौँ बीमा दाबी भुक्तानी हुन नसकेको हो।
अहिलेका अर्थमन्त्री जनार्दन शर्माले यसबारे पहल नै गरेका छैनन्।
Shares
प्रतिक्रिया