ad ad

कारोबार


इसेवा मनि ट्रान्सफरद्वारा ईश्वर मन्दिर विद्यालयलाई सहयोग

इसेवा मनि ट्रान्सफरद्वारा ईश्वर मन्दिर विद्यालयलाई सहयोग

नेपालखबर
भदौ २, २०७८ बुधबार १७:३६, काठमाडौँ

इसेवा मनि ट्रान्सफरले सामाजिक उत्तरदायित्व अन्तरगत भोजपुरको ईश्वर मन्दिर विद्यालयलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ।

डिजिटल साक्षरताका लागि मंगलबार एफवान सफ्ट ग्रुपका ग्रुप प्रमुख सञ्चालन अधिकृत (सिओओ) शिशिर पछाइले हेल्थ सेफ्टी एण्ड सेक्यूरिटीका म्यानेजर प्रमेश केसीलाई दुईवटा एलईडी टेलिभिजन र ३० वटा कम्प्युटरमा लाग्ने हेडफोन हस्तान्तरण गरे।

स्थापनाको छोटो समयमै तीब्र गतिमा बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्सफरले आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तरगत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ।

हेल्थ सेफ्टीले सामाजिक कार्य अन्तरगत विद्यालयहरूलाई ई–लर्निङ सेन्टरका रूपमा स्थापित गर्न विभिन्न सहयोग गर्दै आइरहेको छ। 

इसेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्राउँदै आएको जनाएको छ।

इसेवा मनि ट्रान्सफरले आफ्ना सेवाग्राहीलाई ८ हजार भन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .