ad ad

कारोबार


दसैं तिहार ‘वेलकम टु हुन्डाइ परिवार’ अफरका विजेता घोषित

दसैं तिहार ‘वेलकम टु हुन्डाइ परिवार’ अफरका विजेता घोषित

नेपालखबर
साउन ११, २०७८ सोमबार २१:१३,

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैं तिहारको उपलक्ष्यमा ल्याएको ‘यसपालीको दशैं तिहार वेलकम टु हुन्डाइ परिवार’ अफरको बम्पर विजेताहरूको नाम घोषणा गरेको छ।

सो अफर अनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरूले आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा त्यसैगरी स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट राखिएकाे थियाे।

साथै यस कठिन समयमा स्वास्थकर्मीहरूको समर्पण र अथक सेवालाई ध्यानमा राखी सम्मान स्वरुप बिशेष प्याकेज तथा बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्फत १–१ जना विजेतालाई हुन्डाइ ‘ग्रान्ड आई१० एनआईओएस (माग्ना) र हुन्डाइ ‘औरा (एस) जित्ने मौका थियो।

‘यसपालीको दशैं तिहार वेलकम टु हुन्डाइ परिवार’ अफरको विजेताको घोषणा ‘हिमालय टीभी मा लाइभ लक्की ड्र मार्फत श्रावण ११ गते सोमबार गरिएको थियो। सो कार्यक्रमको मुख्य अतिथिहरूमा  कन्ज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल तथा पूर्व राष्ट्रिय फूटबल क्याप्टेन अनिल गुरुङ थिए।

अफर अनुरुप पहिलो बम्पर लक्की ड्र अन्तर्गत, कुपन नम्बर १४४५, मैतीदेवी, काठमाडौँका श्याम प्रसाद पौडेलले हुन्डाई ‘ग्रान्ड आई१० एनआईओएस (माग्ना) जितेका छन्। त्यसैगरी दोस्रो तथा अन्तिम बम्पर लक्की ड्र अन्तर्गत, कुपन नम्बर १६१७, भरतपुर, चितवनका चेत नारायण सापकोटाले हुन्डाई ‘औरा (एस)’ जितेका छन्। 

सो योजना २०७७ असोज ५ देखि मंसिर ५ सम्म लागु गरिएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .