ad ad

कारोबार


मेगा बैंक र नागरिक एपबीच सहकार्य

मेगा बैंक र नागरिक एपबीच सहकार्य

नेपालखबर
साउन ११, २०७८ सोमबार २०:१७,

मेगा बैंक नेपाल लिमिटेड र नेपाल सरकारको नागरिक एपबीच सहकार्य भएको छ। 

नागरिकलाई हातहातमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले सार्वजनिक गरेको नागरिक एपसँग मेगा बैंकले सहकार्य गरेको हो।

डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत यो नेपाल सरकारको महत्वपूर्ण कार्यक्रम भएकोले मेगा बैंकले सहयोगी हातको भूमिका खेली हरेक नागरिकलाई प्रविधिमार्फत सरकारी सेवाहरु सर्वसुलभ ढंगले मोबाइलबाटै प्राप्त गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ। 

मेगा बैंकका डिजिटल एण्ड इबैंकिङ विभाग प्रमुख विश्व सिंहका अनुसार, नागरिक एपको प्रयोग गरी सजिलै खाता खोल्न सकिन्छ। साथै, नागरिक एप प्रयोग गरी मेगा बैंकका ग्राहकहरुले प्रविधिमार्फत सरकारी सेवाहरु सर्वसुलभ ढंगले मोबाइलबाटै प्राप्त गर्न गर्न सक्नेछन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .