ad ad

कारोबार


नबिल बैंकमा व्यवसायिक कर्जाको अनलाइन आवेदन सुविधा

नबिल बैंकमा व्यवसायिक कर्जाको अनलाइन आवेदन सुविधा

नेपालखबर
साउन ११, २०७८ सोमबार १९:४७,

नबिल बैंकले ऋण कर्जाको लागि अनलाइन बाटै आवेदन गर्न मिल्ने व्यवस्था सुचारु गरेको छ।

इच्छुक ग्राहकले बैंकको वेबसाइटमा गई साना तथा मझाैला ऋण कर्जाको लागि अनलाइन आवेदन दिन सक्ने बैंकले जनाएको छ। यो सुबिधा बैंकलाई डिजिटल बैंकमा रूपान्तरण गर्ने उद्देश्य अनुरूप गरिएको बैंकको भनाई छ। ग्राहकले आफूले चाहेको समय, स्थान र उपकरणमा बैंकिङ सेवाहरूको प्रयोग गर्न सक्नेछन्।

बैंकले आधिकारिक वेबसाइट मार्फत ऋण कर्जाको लागि आवेदन दिने सिमित ग्राहकहरूलाई सेवा शुल्कमा छुटको व्यवस्था पनि गरेको छ। यो सुविधा बैंकद्वारा जारी अभियान ‘नबिल बैंक– गो डिजिटल प्रोग्राम, डिजिटल कारोबार आजको आवश्यकता’ अनुरूप रहेको छ।

देशभर १३५ वटा शाखा कार्यलयहरु, १८३ एटीएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरू सहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सञ्जाल मार्फत नबिल बैंकले सेवा उपलब्ध गराएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .