ad ad

कारोबार


करण चौधरीले गरे नाडाको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा

करण चौधरीले गरे नाडाको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा

फाइल तस्बिर


नेपालखबर
साउन ११, २०७८ सोमबार १७:२७,

सीजी होल्डिङ्स तथा सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एसोसिएसनको आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन्।

चौधरी नाडाको हालको कार्यसमितिमा उपाध्यक्ष छन्। 

नाडा सातवटै प्रदेशमा विस्तार भइसकेको अवस्थामा सवै प्रदेश संरचनालाई अझै व्यवस्थित र बलियो बनाई नाडालाई संस्थागत रुपमा दह्रिलो रुपमा अगाडि बढाउने उद्देश्यका साथ उम्मेदवारी दिएको उनको भनाइ छ।  

अटोमोबाइल व्यवसाय सरकारलाई सर्वाधिक कर बुझाउने एवं निजी क्षेत्रमा ठूला रोजगारी प्रदान गर्ने व्यवसाय भएको हुनाले सरकार र व्यवसायी दुवैको उच्चतम हितमा काम गर्न मिल्ने सहज वातावरण बनाउन सरकारको नीतिगत रुपमा समेत अटो व्यवसायलाई कसरी सहज बनाउने भन्ने उद्देश्य रहेको बताए।    

कोरोना महामारी र लकडाउनका कारण नेपालका अटोमोबाइल व्यवसाय संकटमा परेकाले यस व्यवसायको पुनरुत्थानसँगै यस क्षेत्रमा नयाँ आकर्षण, नयाँ उत्साह ल्याउन जरुरी रहेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .