ad ad

कारोबार


प्रोग्रेसिभ फाइनान्सको ऋण अटोमेसन प्रणाली सुरु

प्रोग्रेसिभ फाइनान्सको ऋण अटोमेसन प्रणाली सुरु

नेपालखबर
साउन ११, २०७८ सोमबार १७:२१,

प्रोग्रेसिभ फाइनान्स लिमिटेडले एसबी सल्युसन प्रालिको भगिनी संस्था डिजिहब प्रालिसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ। 

यसले इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने कम्पनीले जनाएको छ। प्रोग्रेसिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईं र एसबी सल्युसनका प्रमुख कार्यकारी अधिकृत सन्जोग मिश्रले आ–आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका हुन्। 

क्रेडिट–एक्स (ऋण अटोमेसन प्रणाली) को थालनीसँगै, बैंकहरूले पूर्ण रूपमा कागज निर्भर ऋण कार्यप्रवाह गर्न सक्षम हुनेछन्। 

यसले प्रणालीभित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पु¥याउनेछ। 

यो नयाँ तरिकले बैंकलाई द्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ। प्रणालीले जमानत र गैरजमानत बेस लोन पनि प्रोसेस गर्ने कम्पनीको भनाइ छ।

ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्डअन्तर्गत रहेको रेटिङको दृष्टिकोणमा निर्माण गरिएको छ। 

यो स्वायत्त सिस्टम, प्रणालीले सञ्चालित ग्राहकको उद्देश्य मूल्यांकनका साथसाथै विषयगत प्यारामिटरहरूको मानकीकरणको रुपमा पनि रहेको छ। 

यस नयाँ प्रणाली कार्यान्वयन भएसाथै, बैंक र अन्तका उपभोक्ताहरूले प्रशोधन र स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशतभन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउनेछन्। 

प्रोग्रेसिभ फाइनान्स, राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त संस्था हो। 

संस्थाका लगभग १ लाखभन्दा बढी ग्राहक रहेका छन् र देशभरि १५ भन्दा बढी शाखाहरु रहेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .