ad ad

कारोबार


मञ्जुश्री फाइनान्स लिमिटेडको संस्थापक सेयर बिक्रीमा

मञ्जुश्री फाइनान्स लिमिटेडको संस्थापक सेयर बिक्रीमा

नेपालखबर
साउन ११, २०७८ सोमबार १७:१९,

मञ्जुश्री फाइनान्स लिमिटेडको संस्थापक समूह अन्तर्गतको १२ हजार ५८७ कित्ता सेयर बिक्री गर्ने भएको छ।

संस्थाले जारी गरेको सूचना अनुसार संस्थापक सेयरको प्रति कित्ता न्यूनतम मूल्य रु. ३०० रुपैयाँ मात्र तोकिएको छ। 

संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ।

साथै संस्थापक सेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले यही साउन १४ गते देखि भदौ ८ गते सम्ममा बिक्री प्रबन्धक श्री एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी प्रति कित्ता आपूmले लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .