ad ad

कारोबार


रोट्रयाक्ट क्लव अफ काठमाडौं मिड-टाउनको अध्यक्षमा मानसिंह ऐडी

रोट्रयाक्ट क्लव अफ काठमाडौं मिड-टाउनको अध्यक्षमा मानसिंह ऐडी

नेपालखबर
साउन ११, २०७८ सोमबार १५:८,

रोट्रयाक्ट क्लव अफ काठमाडौं मिड-टाउनको २५ औँ अध्यक्षमा मानसिंह ऐडी चयन भएका छन्।

क्लबको २४ औंँ इन्स्टलेसन समारोहका अवसरमा २४ औँ अध्यक्ष सोनी खनालले आफ्नो कार्यअवधि सम्पन्न भएको जानकारी गराउँदै २५ औं अध्यक्ष मानसिंह ऐडीलाई अध्यक्ष हस्तान्तरण गरेकी हुन्।

सेमी–भर्चुअल रुपमा गरिएको सो कार्यक्रममा डिस्ट्रिक रोट्रयाक्ट कमिटी चिअर रोटरीयन विष्णु हरि दाहाल प्रमुख अतिथि थिए भने रोटरी क्लब अफ काठमाडौंका अध्यक्ष रोटरीयन प्रमोद पौडेल र रोटरीयन डा. चन्द्रा लेखा तुलाधर अतिथि थिए ।

त्यसैगरी रोट्रयाक्ट डिस्ट्रिक ३२९२ लाई प्रतिनिधि गरेर जोन १० का जेट.आर.आर रुबिशा नकर्मी र आशिव कर्माचार्य (डि. आर.आर को इन्भो– जोन १०) को पनि आतिथ्यता थियो ।

क्लवका पूर्वअध्यक्षहरूको उपस्थितिमा र रोहबरमा क्लबको चार्टर सर्टिफिकेट, गावेल, गोङ र कोल्लार लगाउँदै नव अध्यक्षलाई हस्तान्तरण गरिएको थियो। सपथ ग्रहण गरिसके पछि मानसिंह ऐडीले आफ्नो नयाँ बोर्डलाई नियुक्ति पत्र दिनुका साथै शपथ लिएका थिए।

कार्यक्रमकाे उद्घोषण क्लवका साधारण सदस्य अनिशा ढकालले गरेकी थिइन् भने, टेक्निकल टिममा क्लवका अन्य साधारण सदस्यहरु आकाश सरफ, केशव राज पोख्रेल, दिव्या शर्मा, लक्ष्मी प्रसाद आचार्य र सचिता महर्जन थिए।

कार्यक्रममा अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। 

रोट्रयाक्ट क्लव सन् १९९७ नोवेम्बेर ५ मा स्थापना भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .