भाँडाकुटी फिल्म घोषणा गरेका फिल्ममेकर किरण बिकले वेबसिरिज बनाउने भएका छन्।
डिशहोम र दृष्यालय सिनेमा प्रालिले संयुक्त रुपमा बनाउन लागेको वेबसिरिजमा १० एपिसोड हुनेछन्। फिल्म भाँडाकुटी विविध कारणले रोकिएपछि उनले वेबसिरिजमा ध्यान दिएका हुन्। वेब सिरिजको नाम ‘रगतका कथाहरू’ रहेको छ।
पहिलो एपिसोड ‘रगतको वासना’ तुरुन्तै सुट हुनेछ भने बाँकी नौ एपिसोड कार्तिकमा हुने छ। असोजमा भाँडाकुटी निर्माण हुने भएकोले फिल्ममेकर किरण बिकले दुई सेड्युलमा वेबसिरिजमा पुरा हुने बताए। आज डिशहोमका प्रोडक्सन हेड रजत थापा र किरण बिकबीच ‘रगतको कथाहरु’ वेबसिरिजका लागि सम्झौता भयो।
पछिल्लो समय नेपालमा पनि वेबसिरिज बन्ने क्रम बढ्दो छ। उक्त लहरमा रगतको कथाहरु पनि थपिएको छ। फिल्ममेकर किरण बिकले रगतका कथाहरु मार्फत रगतसँग जोडिएका १० कथाहरू वेबसिरिज मार्फत पस्किन लागेका हुन्। वेबसिरिजमा अलि फरक कथाहरू भन्ने चलन रहेको छ।
डिशहोम र दृष्यालय सिनेमाले मिलेर रगतको कथाहरु बनाउन लागेको हो। भदौ र कार्तिक गरी दुई सेड्युलमा उक्त वेबसिरिज बन्ने छ। रगतसँग जोडिएका रोचक १० कथा उक्त सिरिजमा हुनेछन्।
यस्तै, डिशहोम र दृश्यालय सिनेमाले बनाउन लागेको ‘रगतको वासना’ को पहिलो एपिसोड काठमाडौंमै निर्माण हुने भए पनि बाँकी ९ एपिसोड बुटवलमा निर्माण हुनेछ। पहिलो एपिसोड रगतको वासनामा तीन युवतीको रगतसँग जोडिएको कथा हुनेछ भने बाँकी एपिसोडमा रगत सँग जोडिएका अन्य कथा हुनेछन्।
प्रतिक्रिया