NepalKhabar NepalKhabar

कारोबार


इजरायलले माग्यो हजार जना नेपाली कामदार, चाँडै आवदेन खुला गरिँदै

इजरायलले माग्यो हजार जना नेपाली कामदार, चाँडै आवदेन खुला गरिँदै

नेपालखबर
काठमाडौँ, साउन ११

इजरायलले नेपालबाट हजार जना श्रमिक माग गरेको छ। वैदेशिक रोजगार विभागका अनुसार इजरायलले सुसारे (केयरगिभर) कामका लागि हजार जना नेपाली मागेको हो। 

कोरोना महामारीका कारण यसबीच अवस्था असामान्य नभएमा इजरायलले मागेको श्रमिकका लागि एक/डेढ हप्ताभित्र विज्ञापन खुलाइने विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले जानकारी दिएका छन्। 

इजरायल र नेपालबीच भएको सम्झौतामा पहिलो चरणमा ५ सय जना मात्रै कामदार लाने उल्लेख छ। यसर्थ हजार जनाका लागि विज्ञापन खुलाउँदा एकैचोटि खुलाउने कि दुईपटक गर्ने भन्ने विषयमा भने इजरायलसँग अनुमति मागिने विभागले जनाएको छ। 

इजरायलमा केयरगिभरका लागि जाने कामदारका लागि २१ दिनको म्याद राखेर आवेदन खुलाउने तयारी विभागले गरेको छ। 

साउन ११, २०७८, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .