ad ad

कारोबार


भारत २६ वर्षभित्र अमेरिका र चीन बराबर धनी हुन्छः अम्बानी

भारत २६ वर्षभित्र अमेरिका र चीन बराबर धनी हुन्छः अम्बानी

अम्बानी


नेपालखबर
साउन १०, २०७८ आइतबार १६:७,

अर्बपति मुकेश अम्बानीले २६ वर्षभित्र भारत अमेरिका र चीन बराबर धनी हुने बताएका छन्।

भारतको सबैभन्दा धनी व्यक्ति अम्बानीका अनुसार गएको तीन दशकमा भारतले गरेको आर्थिक सुधारले त्यहाँका नागरिकलाई अद्भूत रुपमा फाइदा पुर्‍याएको छ।

अब भने भारतले विकासको आफ्नै मोडेल तय गर्नुपर्ने उनको जोड रहेको छ। यसो भएमा भारत चीन र अमेरिका बराबर सन् २०४७ भित्र सम्पन्न हुने उनको दाबी छ।

बिजनेस स्ट्यानडर्डका अनुसार भारतमा ३ दशकको आर्थिक उदारीकरणको विषयमा लेख लेख्दै उनले भारत शक्तिशाली अर्थतन्त्र बन्ने जनाएका हुन्।

उनले टाइम्स अफ इन्डियाको लेखमा भनेका छन्,‘भारत १९९१ को अभावको अर्थव्यवस्थाबाट २०२१ को पर्याप्त अर्थव्यवस्थामा परिणत भएको छ। अब भारतलाई सन् २०५१ भित्र दिगो प्रशंसनीय र समान समृद्धिको अर्थव्यवस्थामा रूपान्तरण गर्नुपर्दछ।’

उनले समतामूलक समाज देशको सामूहिक हितको केन्द्रमा हुनुपर्ने पनि उल्लेख गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .