नेपालको निर्यात साढे ४४ प्रतिशतले बढेको छ।
भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७÷०७८ मा १ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको हो। अघिल्लो वर्ष ९७ अर्ब ७० करोड रुपैयाँको आयात भएको थियाे।
गत आर्थिक वर्षमा आयात समेत ह्वात्तै बढेको छ। आव २०७६÷०७७ मा ११ खर्ब ९६ अर्ब रुपैयाँको आयात भएकोमा गत आर्थिक वर्षमा १५ खर्ब ३९ अर्ब पुगेको छ।
गत आर्थिक वर्षमा निर्यात बढे पनि आयात बढ्दा व्यापारघाटा २७ प्रतिशतले बढेको छ।
गत वर्षभरिमा कुल वैदेशिक व्यापार १६ खर्ब ८० अर्ब रुपैयाँ रहेको छ।
अघिल्लो वर्षको तुलनामा २९ प्रतिशतले व्यापार बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ।
12
Shares
प्रतिक्रिया