ad ad

कारोबार


रियलमी वाच ‘एस’ भेरियन्टको घडी नेपाली बजारमा

रियलमी वाच ‘एस’ भेरियन्टको घडी नेपाली बजारमा

नेपालखबर
साउन ७, २०७८ बिहिबार १७:३९,

स्मार्टफोन कम्पनी रियलमीले नेपाली बजारमा रियलमी एआईओटी उत्पादन अन्तर्गत रियलमी वाच ‘एस’ भेरियन्टको घडी सार्वजनिक गरेको छ। यो रियलमीको गोलो स्क्रिनमा उपलब्ध हुने दोस्रो स्मार्ट घडी हो। 

कम्पनीका अनुसार ३.३ सेमिको ठूलो रङ्गिन टचस्क्रिन प्रस्तुत गरी पाँच तहको अटो ब्राइटनेसलाई समर्थन गर्नेगरी यसको डिजाइन गरिएको छ। यसैगरी रियलमी  वाच ‘एस’ स्मार्टघडीले मुटुको वास्तविक गति मापन र शरीरमा अक्सिजनको स्तर मापन गर्न सक्दछ। साताका सातै दिन र चौबीसै घण्टा स्वास्थ्य सहायक ट्रेन्डसेटिङ्ग स्मार्ट घडीको रुपमा यसले आफ्नो उपस्थिति जनाएको छ। नेपाली बजारमा यसको मूल्य रु ९ हजार९९९ निर्धारण गरिएको कम्पनीले जनाएको छ।

स्वचालित ब्राइटनेस स्क्रिन र प्रिमियम बनावट
रियममीका अनुसार रियलमी  वाच ‘एस’ घडी ३.३ सेमिको फराकिलो टचस्क्रिन सहित रगिंन ३६० ह ३६० पिक्सल (२७८ पीपीआई) उच्च रिजोलुसनका साथ उपलब्ध छ जुन भरपर्दो हुनुका साथै जीवन्त दृश्य प्रदायक छ। यसको प्रतिक्रियाशील टचस्क्रिनका कारण झट्ट हेर्दा अरुलाई आकर्षण गरेर राख्न सक्ने खुबी यसमा छ। यसको आयतन वर्ग डायल प्रदर्शन क्षेत्र १५७ प्रतिशतसम्म उच्च छ, जसले उपभोक्तालाई दृश्यको मामलामा थप मनमोहक तुल्याएको छ।

रियलमी वाच ‘एस’ घडीले ५ तहको स्वचालित ब्राइटनेस स्क्रिनको समर्थन गर्दछ, उच्च स्तरमा ब्राइटनेस ६ सय निटसम्मको पहुँचमा हुन्छ, यसको मतलव के हो भने एकदमै उज्यालो हुने मध्यान्हको समयमा पनि स्पष्ट रुपमा घडी हेर्न सकिन्छ। १००+ स्तैलिश वाच फेस अंतरगत रियलमीले प्रयोगकर्ता तथा प्रसिद्ध डिजाईनरसँगको सहकार्यमा रियलमी वाच एस को ट्रेंडि डायलहरु डिजाईन गरिएको छ।

रियलमीको यस घडीमा अन्य उच्चस्तरका प्रिमियम सामग्रीहरुको प्रयोग गरिएको छ। रियलमी वाच एसको बडी ६०६३ अलुमिनियम अलोयबाट बनेको छ जसले गर्दा घडी बढी मजबूत र कम तौलको रहेकोछ। यसको स्ट्राप (पेटी) उच्चस्तरको तरल सिलिकोनले बनेको छ जुन टिकाउ, नरम र स्कीन– फ्रेन्ड्ली रहन्छ। कालो, निलो, हरियो र सुन्तला रंग मा यसको स्ट्रापहरु उपलब्ध छन ।२.५ डी कर्निङ गोरिल्ला ग्लास रहेको यो निर्बाध र अधिक सहज टच प्रदान गर्छ।

२४-७ स्वास्थ्य सहायक 
स्वास्थ्य सहायकको रुपमा रियलमी वाच ‘एस’ स्मार्टघडी उच्च सटिक पिपिजी अप्टिकल हृदयदर सेन्सरद्वारा निर्मित छ जसले २४÷७ तपाईँको हृदयको गति मापन गरिरहेको हुन्छ। यसैगरी रियलमी वाच ‘एस’ स्मार्टघडीले मुटुको वास्तविक गति मापनका साथै शरीरमा अक्सिजनको स्तर मापन गर्न सक्दछ। तपाईँको हृदयको गतिदर उच्च वा न्यून भयो भने यसले सतर्क गराउँछ । यसले १६ स्पोर्टस मोड समर्थन गर्नेमा रक्त–अक्सिजन मूल्यांकन, सक्रियता क्षमता परीक्षण, शुद्ध दैनिक हिँडाइको पाइला संख्या गणना, आराम, पानी, निद्रा, मेडिटेसन अभ्यास लगायतको सूचना ठीक ढंगमा जानकारी लगायत दिने काम गर्छ। 

एआईओटी स्मार्ट हब तथा तपाईँको स्मार्टफोनको उत्तम सारथी
रियलमी वाच ‘एस’ घडीबाटै स्वचालित रुपमा फोन अनलक गर्न सकिन्छ, जुन छिटो र सुविधा सम्पन्न छ। मानिसहरुले आजकल मास्क लगाउनुपर्ने कारणले हालको समयको लागि यो सुविधासम्पन्न छ। संगीत सुन्न प¥यो अथवा फोनको क्यामेरा अन गर्न प¥यो भने रिमोर्ट कन्ट्रोलको रुपमा यसबाटै गर्न सकिन्छ भने यसैगरी घडीमै कसको फोन आएको हो भन्ने जानकारी पाउन सकिने भएकाले कल उठाउन र काट्न सकिने सुविधा यसले दिएको छ। 

महत्वपूर्ण कुरा के छ भने रियलमी एआईओटी रणनीतिक अंशको रुपमा कम्पनीले यसको निर्माण गरकोेले यो कम्पनीको एआईओटीमा महत्वपूर्ण उत्पादन मध्ये एक हो। नयाँ ओटीए अपडेटका कारण यो घडीलाई अन्य बहु एआईओटी उपकरणसँग टाढैबाट लिंक गर्न सकिने भएकाले स्मार्टफोन नखोलेरै टाढैबाट अपरेट गर्न सकिन्छ। 

‘विश्वमा तीव्र रुपमा विस्तार हुँदै गएको एआईओटी ब्राण्ड’ लक्ष्य अनुसार २०२१ मा रियलमीले एआईओटी उत्पादन गरिरहेको छ, र त्यहीँ कारण हो कम्पनीले युएनआई स्मार्ट एआइओटी उत्पादनलाई रियलमीसँग लिंक गर्ने र ‘निजी प्रयोजन, घरायसी प्रयोजन र यात्राको प्रयोजनका रुपमा तपाईँले प्रयोग गरेकामध्ये ३ मा १ ट्रेन्डसेटरको उच्च ४ स्मार्ट हबको अनुभूति प्रदान गर्नेगरी कम्पनीले काम गरिरहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .