ad ad

कारोबार


नेपाललाई २ दशकभित्र गरिबीमुक्त गर्न सकिन्छः अर्थमन्त्री शर्मा

नेपाललाई २ दशकभित्र गरिबीमुक्त गर्न सकिन्छः अर्थमन्त्री शर्मा

नेपालखबर
साउन ६, २०७८ बुधबार १६:१०,

अर्थमन्त्री जनार्दन शर्माले नेपाललाई दुई दशकभित्र गरिबीमुक्त गर्न सकिने दाबी गरेका छन्। 

नेपाल उद्योग परिसंघको १८औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले निजी क्षेत्रसँगको सहकार्यमा देशमा गरिवी अन्त्य गर्न सकिने धारणा व्यक्त गरेका हुन्। 

परिसंघले अघि सारेको ‘मेक इन नेपाल स्वदेशी अभियान’ले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै उनले सरकार उक्त अभियानको साथमा रहेको बताए।

‘आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउन औद्योगीकरण नै मुख्य आधार हो’, उनले भने, ‘देशभर साना तथा मझौला उद्योगहरुको व्यापक सञ्जाल बनाउने र तिनकै जगमा ठूला उद्योगहरुको विकास गर्न सकिन्छ, त्यसको लागि सरकारले निजी क्षेत्रसँग हातेमालो गर्ने नीति तय गर्नेछ।’ 

हाल २ खर्ब १५ अर्बबराबरको कृषिजन्य वस्तुको आयात रोक्ने अभियान चलाउन थालिएको जानकारी दिँदै उनले त्यसमा उद्योग परिसंघको साथ सहयोग रहने विश्वास व्यक्त गरे। 

मन्त्री शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने सरकारको सोंच कार्यान्वयनको लागि एकतावद्ध भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे। 

उनले निर्यातमुखी अर्थतन्त्रको विकास गर्न उत्पादित वस्तुको गुणस्तर र मूल्यको सन्तुलन कायम हुनुपर्नेमा जोड दिए। 

अर्थमन्त्री शर्माले कोभिड महामारीबाट प्रभावित अर्थतन्त्रलाई पुनर्जीवन दिने गरी राहत तथा पुनस्थापनासहितको प्याकेज ल्याउने तयारी भइरहेको जानकारी समेत दिए। 

युवा बहुल जनसंख्या भएको देशमा विकासको गतिलाई तीव्रता दिएर गरिबीमुक्त हुन सकिने अर्थमन्त्री शर्माले बताए। 

चुनौतीपूर्ण अवस्थाका बीच उज्ज्वल सम्भावना रहेको उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .