ad ad

कारोबार


लक्ष्मी बैंकका अशोक कुमार खाती बने ‘युरो कप विथ फोनलोन’ योजनाका विजेता

लक्ष्मी बैंकका अशोक कुमार खाती बने ‘युरो कप विथ फोनलोन’ योजनाका विजेता

नेपालखबर
साउन ६, २०७८ बुधबार १६:१०,

फोनलोनले आफ्नो तीन हप्ता लामो ‘युरो कप विथ फोन लोन’ क्याम्पेनको विजेता घोषणा गरेको छ। यस उपहार योजनामा लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खाती विजेता बनेका छन्। विजेता खातीले सामसङको ५५–इन्च स्मार्ट टिभी जितेका छन्। 

बैंकका अनुसार ‘युरो कप विथ फोन लोन’ योजना असार १ गते देखी २३ गतेसम्म चलेको थियो भने यसमा फोन लोन सन्जालका ५ वटा बैंक सहभागी भएका थिए।

यो योजनामा लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंकका फोनलोनका प्रयोगकर्ताहरू सहभागी हुन सक्ने थिए। यस योजनामा सहभागी हुनका लागी योग्य फोनलोनका प्रयोगकर्ताले सो अवधि भित्र फोनलोन मार्फत कर्जा लिनु पर्ने थियो। विजेता छनौट भने फोनलोनको ‘विनर सेलेक्सन सफ्टवेर’द्वारा गरिएको थियो।

यो योजनामार्फत फोनलोनले ग्राहकहरू माझ कागज–रहित, धितो–रहित स्मार्ट लोन सुविधाबारे जानकारी गराएको छ।

पछिल्ला दिनमा फोनबाट ऋण लिने सुविधा प्रति आकर्षण तीव्र देखिएको छ। एफवान सफ्टले विकास गरेको फोन लोन सुविधामा बैंकिङ र कर्पोरेट क्षेत्रमा काम गर्ने व्यक्तिहरूमा तीव्र आकर्षण देखिएको बैंकले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .