ad ad

कारोबार


अनुजमणि तिमिल्सिना कुमारी बैंककाे कायममुकायम सीईओ

अनुजमणि तिमिल्सिना कुमारी बैंककाे  कायममुकायम सीईओ

नेपालखबर
असार ३१, २०७८ बिहिबार २१:४८,

कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले आज (असार ३१ गते) बाट अवकाश लिएका छन्। 

बैंकमा ४ वर्षको कार्यकाल समापन गरी भण्डारीले आफ्नो पदीय जिम्मेवारीबाट अवकाश लिएको बैंकले जनाएको छ। 

यस्तै, कुमारी बैंकको सञ्चालक समितिको बैठकको निर्णयानुसार बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका अनुजमणि तिमिल्सिनालाई साउन १ गते देखि लागू हुने गरी कायममुकायम प्रमुख कार्यकारी अधिकृत तोकिएको छ। 

३५ वर्षको लामो बैंकिंङ करियर लगायत विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृृतको रुपमा २१ वर्षको अनुभव कमाएका भण्डारीको कार्यकाल सुखद् र अत्यन्तै सफल बैंकले जनाएको छ।

उनको कार्यकालमा बैंक नेपालका सफल बैंकहरूको सूचीमा अग्रस्थानमा पुग्न सफल भएको छ। बैंकले यही कार्यकालमा ७ विभित्र वित्तीय संस्थाहरूका साथै तत्कालीन देवः विकास बैंकलाई पनि प्राप्ति गरेर बैंकको व्यवसायको दायरा निकै फराकिलो पारेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .