नेपाल बैंक लिमिटेडले बाढी पहिरोबाट पीडित सिन्धुपाल्चोक र मनाङका बाढी पहिरो पीडितलाई सहयोग गरेको छ।
बैंकले सिन्धुपाल्चोकमा आएको बाढीबाट पीडित परिवारलाई राहत स्वरुप रु चार लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जनाएकाे छ।
असार १ गते मेलम्ची तथा ईन्द्रावती नदीमा आएको बाढीले मेलम्ची नगरपालिकामा पर्ने मेलम्ची बजार क्षेत्र तथा वडा नं. ६, ७, १०, ११, १२, १३ लगायतमा ठूलो धन–जनको क्षति भएको थियो।
त्यसैगरी हिमाल पारीको दुर्गम जिल्ला मनाङका बाढी पीडितलाई सहयोग गर्न बैंकले चार लाख रुपैयाँ दिने निर्णय गरेको छ।
गएको जेठ १४, ३१ र असार १ गते आएको अविरल वर्षा तथा मर्स्याङदी नदी तथा अन्य सहायक खोलाहरुमा आएको भीषण बाढीका कारण सदरमुकाम रहेको चामे गाउँपालिका स्थित चामे बजार क्षेत्र तथा आसपासका बिभिन्न क्षेत्रका ठूलो नोक्सान भएको थियो।
Shares
प्रतिक्रिया