ad ad

कारोबार


निर्माणाधीन सिनिक हाउजिङका अधिकांश युनिट बुकिङ

निर्माणाधीन सिनिक हाउजिङका अधिकांश युनिट बुकिङ

नेपालखबर
असार ३१, २०७८ बिहिबार १६:२२,

निर्माणाधीन सिनिक हाउजिङका बुकिङ धमाधम भइरहेको छ। 

ललितपुरको ठैबमा ४२ रोपनी क्षेत्रफलमा फैलिएको हाउजिङभित्र ६ प्रकारका घर निर्माण भइरहेका छन्। 

सीई कन्स्ट्रक्सनसहित शिवम् डेभलपर्स, पञ्चकन्या ग्रुपलगायतको सहकार्यमा हाउजिङ निर्माण भइरहेको हो। 

ठैबको जरुवारासीमा सिनिक हाउजिङका ६९ युनिट घर छन्। 

हाउजिङका घरहरु ११ सय ८० वर्गफिटदेखि १६ सय ४९ वर्गफिटसम्मका छन्। 

सिनिक हाउजिङ सातदोबाटो चोकदेखि हाउजिङको दूरी करिब ५ किलोमिटर छ। 

हाउजिङ ठैब दक्षिणतर्फ फुलचोकी पदमार्गकै छेउमा छ। 

सीई कन्स्ट्रक्सनअन्तर्गतको सीई रियलस्टेटले ६९ मध्ये आठवटा युनिट मात्रै बुकिङ हुन बाँकी रहेको जनाएको छ। 

त्यसबाहेक १ करोड ४५ हजारदेखि २ करोड १० लाखसम्मका घर बुकिङ हुन बाँकी छन्। 

सीई रियलस्टेटले १ करोड ४७ लाख, १ करोड ८२ लाखका प्लट अझै बाँकी रहेको उल्लेख गरेको छ। 

कम्पनीले २ आना ३ पैसादेखि ४ आना ३ पैसा क्षेत्रफलमा घर निर्माण गरिरहेको छ। 

खुड्कु खोलाको छेउमा १० मिटर चौडाइका सडक छन्। हाउजिङभित्रका सडक ६ मिटरका छन्। 

हाउजिङमा पर्याप्त खुल्ला ठाउँ, पार्किङ, किचन, बेडरुमलगायतका सुविधा छन्। 

सीई रियलस्टेटले हाउजिङको दुवै छेउमा नयाँ प्रोजेक्टको लागि जग्गा रिजर्भ गरिराखेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .