ad ad

कारोबार


नाट्टामा आवद्ध व्यवसायी तथा कर्मचारीलाई ज्योति विकास बैंकले सहुलियत कर्जा दिने

नाट्टामा आवद्ध व्यवसायी तथा कर्मचारीलाई ज्योति विकास बैंकले सहुलियत कर्जा दिने

नेपालखबर
असार ३०, २०७८ बुधबार १६:४,

ज्योति विकास बैंक र नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बीच सहकार्यका लागि सम्झौता भएको छ। नाट्टाको वार्षिक साधारणसभाको अवसरमा सो संस्थामा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरूलाई विभिन्न बैंकिङ सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो। 

सम्झौता पत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारस राज कँडेल र नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्सका तर्फबाट नाट्टाका अध्यक्ष अच्युत गुरागाईले सम्झौतापत्रमा हस्ताक्षर गरे।

सम्झौता अनुसार बैंकले नाट्टामा आबद्ध व्यवसायीहरू तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीलाई विशेष छुटमा प्रोफेसनल लोन, कर्जा सेवा र सहज वित्तिय सेवा प्रदान गर्नेछ। साथै ज्योति विकास बैंकले नाट्टा अन्तर्गतका व्यवसायीलाई डिजिटल बैंकिङ सेवा प्रदान गर्ने र सहजै सुचारु गरि व्यवसायमा लागू गर्न पनि सहयोग गर्नेछ। व्यवसायीहरूले डिजिटल भुक्तानीका सेवा आफ्नो व्यवसायमा भित्र्याई आफ्नो ग्राहकलाई थप सुविधा उपलब्ध गराउन सक्नेछन्।  

यसका साथै बैंकले आधुनिक बैंकिङ, वित्तिय साक्षरता, उद्यमशीलता विकासका निमित्त नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स सँगको सहकार्यमा विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याउने भएको छ। 
ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .