ad ad

कारोबार


नेपालमा निशानको विद्युतीय गाडीको बुकिङ खुला, मूल्य ५९.९९ लाख

नेपालमा निशानको विद्युतीय गाडीको बुकिङ खुला, मूल्य ५९.९९ लाख

नेपालखबर
असार २३, २०७८ बुधबार १६:५७,

निशान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निशानको सर्वाधिक प्रतिक्षित ईभी ‘निशान लिफ’को भर्चुअल लञ्च गरेको छ। 

२०१० मा जापानमा सार्वजनिक भएको निशान लिफ नेपालमा बुधबारमात्रै भर्चुअल लञ्च भएको हो। कम्पनीले गाडीको मूल्य सार्वजनिक गर्दै बुकिङ खुल्ला गरेको छ। 

पाइनोर मोटोकर्पका म्यानेजिङ डाइरेक्टर सन्दिप कुमार सारडाले जिरो इमिसन र वेस्ट पर्फमेन्ट प्रविधिको गाडी नेपालमा सार्वजनिक भएको बताए। 

अल न्यू निशान लिफ फुल ब्याट्रि इलेक्टिक गाडी भएको बताउँदै सरकारले  विद्युतीय गाडीको करमा पुनरावलोकन गर्दा नयाँ विद्युतीय गाडी ल्याउन थप सहज भएको उल्लेख गरे। 

कम्पनीले नेपालमा निशानका गाडीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी रहेको छ। निशानका सर्भिस सेन्टरमा चार्जिङ स्टेसन उपलब्ध हुने कम्पनीले जनाएको छ। 

जापानिज इन्जिनियरिङ  र प्रविधिमा निर्माण भएको निशान लिफ हचब्याग सेगमेन्टको विद्युतीय गाडी हो। नेपालमा जापानको प्लान्टमा निर्मित गाडी सिधै इम्पोर्ट हुनेछ। 

अन्तर्राष्ट्रिय बजारमा निशान लिफ पछि सार्वजनिक भएका गाडी नेपाल आउँदापनि उक्त गाडी नेपाल आउन सकेको थिएन।  निशान लिफको सेकेन्ड जेनेरेसन नेपालमा आएको कम्पनीले जानकारी दिएको छ। 

निशान लिफ स्मार्ट, सेफर लिफ रहेको छ।  एरोडाइनामिक डिजाइनमा निशान लिफ निर्मित रहेको छ। नेपालमा निशान लिफको सुरुवाती मूल्य ५९.९९ लाख रुपैयाँ रहेको छ।   

उन्नत फिचर र उत्कृष्ट लुक भएको निशान लिफ विश्वव्यापी रूपमा सबैभन्दा धेरै बिक्री हुने सवारीका रूपमा परिचित रहेको छ।

विद्युतीय गाडीको १४७ हर्स पावर र ३२० टर्क जेनेरट गर्छ। 

गाडीमा ४० किलोवाट लिथियम ब्याट्रि रहेको छ। एकपटकको चार्जमा ३ सय ११ किलोमिटरसम्म चल्न सक्छ। २०१० देखी हालसम्म ५० भन्दा बढी अवार्ड प्राप्त गरिरहेको छ। 

निशानले ४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने सो गाडीमा अत्याधुनिक इ–पेडल टेक्नोलोजी पनि समावेश गरिएको जनाएको छ। 

निशान लिफ संसारकै पहिलो ‘मास मार्केटेड’ विद्युतीय गाडी हो । निशान लिफ विद्युतीय गाडीहरुमा राम्रो कारको रुपमा लिइन्छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .