ad ad

कारोबार


सुनचाँदी महासंघ र ज्योति विकास बैंकबीच सहकार्य गर्ने सहमति

सुनचाँदी महासंघ र ज्योति विकास बैंकबीच सहकार्य गर्ने सहमति

नेपालखबर
असार २०, २०७८ आइतबार १७:४७,

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र ज्योति विकास बैंकबीच आपसी संस्थागत हित र व्यवसाय प्रवर्द्धनका लागि सह–कार्य गर्न सहमति–पत्रमा हस्ताक्षर भएको छ।

सहमति पत्रमा महासंघका अध्यक्ष रमेश महर्जन र बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेलले संयुक्त रुपमा हस्ताक्षर गरेका छन्। सहमति अनुसार बैंकले महासंघमा आवद्ध आभुषण व्यवसायीहरुलाई सहुलियतपूर्ण ऋण सुविधा प्रवाह गर्नेछ। सो कार्यमा महासंघले सहजिकरण गर्नेछ। 

बैंकले ऐन, नियम र मापदण्डको आधारमा प्रोफेसनल कर्जा, महिला उद्यमशील कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा र विदेशीबाट फर्केका युवा परियोजना कर्जा आदि प्रदान गर्नेछ। कर्जा प्रवाह गर्दा बैंकले लिने सेवा शुल्कमा विशेष छुट प्रदान गरिनेछ। 

सो बैंकले डिजिटल बैंकिङलाई प्रोत्साहित गर्न खुद्रा व्यापारमा संलग्न गहना व्यवसायीहरूलाई क्यूआर कोड प्रदान गर्ने र उक्त सेवा सूचारु गर्नको लागि शून्य मौज्दातमा चल्ती खाता खोल्ने सुविधा उपलब्ध गराउने छ।

महासंघको अनुरोधमा सो बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘हाम्रो विकास प्रवद्र्धन कोष’ बाट गहना व्यवसायीहरुको क्षमता विकासको लागि विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .