ad ad

प्रवास


युएईका ठूला लगानीकर्तालाई नेपालमा आउन श्रममन्त्रीको आग्रह

युएईका ठूला लगानीकर्तालाई नेपालमा आउन श्रममन्त्रीको आग्रह

नेपालखबर
असार २२, २०७९ बुधबार १७:४७, काठमाडौँ

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुवँर र  नेपालका लागि संयुक्त अरब इमिरेटस (युएइ) का राजदूत साइद अल नक्विबीच भेटवार्ता भएको छ। 

राजदूत नक्वि मन्त्री कुँवरलाई भेट्न बुधबार मन्त्रालयमै पुगेका हुन्। 

उनीहरुबीच नेपाल र युएईबीचको सम्बन्ध अझै मजबुत बनाउने विषयमा छलफल भएको छ। 

युएईमा काम गर्ने नेपाली श्रमिकका समस्यामा सहजीकरण गर्ने विषयमा दुईजनाबीच कुराकानी भएकोछ।

राजदूत नक्विलाई मन्त्री कुँवरले युएईबाट कामदारको विषयमा नयाँ प्रस्ताव आए दुई देशबीच सल्लाह गरेर अगाडि बढ्ने जानकारी दिए। 

उनले संयुक्त अरब इमिरेटसका ठूला लगानीकर्ताहरुलाई नेपालको पर्यटन उद्योग, हाइड्रोपावर, चिकित्सा शिक्षा, इजिनियरिङ र सेवा क्षेत्रमा लगानी गर्न आव्हान समेत गरेका छन्। 

भेटमा मन्त्री कुँवरले केही समयपछि युएईका मन्त्रीलाई नेपाल भ्रमणको निम्ता पठाउने जानकारी गराए। 

युएईका मन्त्रीलाई नेपाल भ्रमणमा बोलाएर त्यहाँ रहेका नेपाली कामदारका समस्या र न्यायको क्षेत्रमा विस्तृत छलफल गर्ने योजना भएको मन्त्री कुँवरले बताए।

युएईका राजदूत नक्विनले आफूलाई समय दिएर भेटवार्ता गर्ने अवसर दिएकोमा मन्त्रीलाई धन्यवाद दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .