ad ad

प्रवास


अस्ट्रेलियामा नेपालीद्वारा सञ्चालित एड्भान्स कलेजलाई अवार्ड प्रदान

अस्ट्रेलियामा नेपालीद्वारा सञ्चालित एड्भान्स कलेजलाई अवार्ड प्रदान

नेपालखबर
मंसिर ३, २०७८ शुक्रबार १४:५७, काठमाडौँ

विगत आठ वर्षदेखि एज्ड केयर र डिसएबिलिटी कोर्सको अध्यापन र तालिम दिँदै आएको सिड्नीको बरुड स्थित एड्भान्स कलेजले ‘इनर वेष्ट लोकल बिजनेस अवार्ड २०२१’ प्राप्त गरेको छ। 

एनएसड्ब्लु राज्य सरकारका प्रतिनिधि, स्थानीय काउन्सिल, न्युज च्यानल, आयोजक संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा विभिन्न विधामा फाइनालिस्ट भएका र उपाधि प्राप्त गरेका स्थानीय बिजनेसलाई एक समारोहका बिच अवार्ड प्रदान गरियो। 

इनर वेष्ट क्षेत्रमा एजुकेसन सर्भिस दिँदै आएका ६२ वटा एजुकेसन प्रोभाईडरहरुलाई उछिन्दै एड्भान्स कलेजले सो अवार्ड प्राप्त गरेको हो। अवार्ड प्राप्त गरेपछि कलेजका सीईओ पुष्पा अर्याल घिमिरेले विद्यार्थी कलेज म्यानेजमेन्ट तथा कर्मचारीहरुको विशिस्ट योगदानका कारण यो सफलता प्राप्त गर्न सकेको बताइन्। उनि आगामी दिनमा पनि विद्यार्थीलाई गुणस्तरीय र सीपमुलक एजुकेसन प्रदान गर्न आफूहरुको इमान्दार प्रयास हुने उल्लेख गरिन्। 

सो कलेजले गतवर्ष पनि यो अवार्ड प्राप्त गरेको थियो। एज्ड केयर र डिस्याबिलिटि विषयमा अध्यापन गराउँदै आएको यो कलेजले विद्यार्थीहरुलाई सम्बन्धित क्षेत्रमा रोजगारीको समेत अवसर प्रदान गर्दै आएको छ। अस्ट्रेलियामा एज्ड केयर, नर्सिङ र डिस्याबिलिटिको क्षेत्र रोजगारी र आम्दानीको दृष्टिकोणले राम्रो मानिन्छ। 

यो क्षेत्रमा नेपाली विद्यार्थीहरुको लगाव बढ्दै गएको देखिन्छ। विशेषगरी नेपाली विद्यार्थीहरुको भावना र चाहनालाई केन्द्रमा राखेर एड्भान्स कलेजले सीपमुलक तालिम र गुणस्तरीय एजुकेसन दिँदै आएको कलेजले जनाएको छ। 

सन् २०१९ देखि चाइल्ड केयर एजुकेसनको समेत अध्यापन र तालिम दिँदै आएको यो कलेजको मूल उद्देश्य गुणस्तरीय एजुकेसन र तालिम दिएर योग्य जनशक्तिको उत्पादन गर्नु रहेको बताइन्छ। केही वर्षदेखि कलेजले आफ्नै नर्सिङ एजेन्सी मार्फत् नर्सिङ क्षेत्रमा धेरैलाई रोजगारी उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .