ad ad

प्रवास


सिमानाको तार नाघेर बंगलादेश छिरेका नेपाली बाबुछोरा जेल परे

सिमानाको तार नाघेर बंगलादेश छिरेका नेपाली बाबुछोरा जेल परे

नेपालखबर
कात्तिक २१, २०७८ आइतबार १२:३६, काठमाडौँ

गैह्रकानूनी रुपमा बंगलादेश प्रवेश गरेको आरोपमा दुईजना नेपालीलाई बंगलादेशी प्रहरीले पक्राउ गरेको छ।

४८ वर्षीय जयबहादुर र उनका १० बर्षीय छोरा सन बहादुरलाई बंगलादेशको सिलहेटबाट नियन्त्रणमा लिइएको त्यहाँको प्रहरीले जनाएको छ। 

स्थानीय विमान भण्डार प्रहरी चौकीका इन्चार्ज केएम मैनुल जकिरले दुई नेपालीलाई सिलहेटको अम्बरखाना क्षेत्रबाट शुक्रबार साँझ पक्राउ गरिएको बताए।

प्रहरी अधिकारीसामु बाबुछोराले बंगलादेश प्रवेश गर्न चाहिने आवश्यक कागजात पेश गर्न नसकेपछि उनीहरुलाई थुनामा राखेर अनुसन्धान अघि बढाएको छ।

नेपाली बाबुछोरा बिरामी अवस्थामा भेटिएका थिए। उनीहरुको सिलहेट ओसमानी मेडिकल कलेजमा उपचार समेत गरिएको थियो। 

बंगलादेश—भारत सीमामा लगाइएको तारबार नाघेर प्रवेश गर्ने क्रममा जयबहादुरको खुट्टामा चोट समेत लागेको थियो। 

भारतको हिमाञ्चल र गुहावटी हुँदै उनीहरु बंगलादेशको सिलहेट छिर्न सफल भएको स्थानीय प्रहरी अधिकारीले बताएका छन्। उनीहरुको घर नेपालको भोजपुर हो।

प्रहरीले ती नेपाली बाबुछोराविरुद्ध गैह्रकानूनी रुपमा बंगलादेश छिरेको अभियोगमा मुद्दा दायर गरेको छ। 

शनिबार अपरान्ह अस्पतालबाट डिस्चार्ज भएलगत्तै उनीहरुलाई स्थानीय अदालतमा हाजिर गराइएको थियो। अदालतको आदेशपछि उनीहरु जेल चलान भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .