ad ad

प्रवास


नेपाली कुट्ने पञ्जाबका प्रहरीबाट मूल प्रवाहले भरायो क्षतिपुर्ति

नेपाली कुट्ने पञ्जाबका प्रहरीबाट मूल प्रवाहले भरायो क्षतिपुर्ति

नेपालखबर
असोज २६, २०७८ मंगलबार १६:९, काठमाडौँ

भारतमा कार्यरत नेपाली मजदुरमाथि कुटपिट गर्ने पञ्जाब प्रहरीका एक जवानबाट मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले क्षतिपुर्ति भराएको छ। 

पञ्जाब राज्यको रोपडमा नेपाली महिलामाथि कुटपिट तथा गालिगलौज गर्ने पुलीसकर्मी सोहन सिंहलाई मूल प्रवाहले सार्वजनिक माफी मगाउनुका साथै क्षतिपुर्ति भराएको मूल प्रवाहका केन्द्रीय सल्लाहकार खिमराज चालिसेले जानकारी दिएका छन्।

चालिसेका अनुसार सोहन सिंहले मदिरा सेवन गरी नेपाली नागरिकलाई कुटपिट गरेका थिए।

८ सेप्टेम्वर २०२१ मा पीडितले मूल प्रवाहलाई दिएको निवेदनका आधारमा क्षेत्रीय सदस्य छविलाल सापकोटा, नगर सदस्य बसन्त थापा र एरिया अध्यक्ष रामचन्द्र शर्मा सहितको प्रतिनिधि मण्डल रोपड थानामा पुगी सोहन सिंह विरुद्ध एफआईआर दर्ज गराईएको थियो।

एफआईआर दर्जपछि सोहन सिंहले आफ्नो जागिर छुट्ने र बाल बच्चाहरुको बिचल्ली हुने गुनासो पोख्दै कानुनी प्रकृयामा नजान आग्रह गरेका थिए। 

तत्पश्चात समाजका प्रतिनिधिहरुले गालिगलौज तथा कुटपिट जस्तो अमानवीय कार्यमा माफी दिन नसक्ने कुरा गरेपनि उनका स–साना बालबच्चाको भविष्यलाई मध्यनजर गरी पीडितको सहमतिमा औषधि उपचार खर्च, लिखित कबुलनामा पत्र तथा सार्वजनिक रुपमा माफी मगाउने कार्य गरी दुवै पक्षबीच सम्झौता गराईएको मूल प्रवाहले जनाएको छ।

मूल प्रवाहको उक्त कार्यप्रति स्थानीय जनताले समेत खुसी प्रकट गरेका छन्। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भारतस्थित नेपालीहरुको संगठन हो।  यसले विभिन्न समस्यामा परेका नेपालीहरुलाई मद्दत गर्ने गर्दछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .