ad ad

प्रवास


न्यूयोर्कमा बाढीले १९ महिने बालकसहित तीन नेपालीको मृत्यु

न्यूयोर्कमा बाढीले १९ महिने बालकसहित तीन नेपालीको मृत्यु

नेपालखबर
भदौ १८, २०७८ शुक्रबार ११:१८, काठमाडौँ

अमेरिकाको न्यूयोर्कमा बाढीबाट एकजना १९ महिने बालकसहित तीन नेपालीको मृत्यु भएको छ। 

ज्यान गुमाउनेहरु एकै परिवारका रहेका छन्। भीषण बर्षा र बाढीका कारण मृत्यु हुनेमा तीनजना नेपाली रहेको पुष्टि त्यहाँस्थित प्रहरीले गरेको छ। 

न्यूयोर्कको क्वीन्स उडसाइड ६४ स्ट्रिटमा रहेको घरमा उनीहरु मृत फेला परेका हुन्। 

ज्यान गुमाउनेमा २० वर्षीया मिङ्मा शेर्पा, ४९ वर्षीय आङगेलु लामा र १९ महिने बालक लोप्साङ लामा रहेका छन्।

उनीहरु बस्दै आएको बेसमेन्ट अपार्टमेन्टमा बाढी पसेको थियो। उनीहरुले तेश्रो तल्लामा बस्ने एक महिलालाई बेलुका साढे ९ बजेतिर अत्तालिँदै फोन गरेको खुलेको छ। 

मिङ्माले आत्तिएर पानी पसिरहेको बताउँदा तेश्रो तल्लामा बस्ने महिलाले आफू बसेको तेश्रो तल्लामा आउन भनेकी थिइन्।

उनीहरुको कोठामा झ्यालबाट पानी पसेको थियो। प्रहरी घटनास्थलमा पुग्दा उनीहरु मृत अवस्थामा भेटिएका थिए।

झण्डै डेढ दशकदेखि अमेरिकामा बस्दै आएका उनीहरु सबैजना सोलुखुम्बुको जुनबेंसीकाका रहेको त्यहाँस्थित नेपाली अनलाइन खसोखसले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .