ad ad

अपराध


बुटवलमा होटलभित्र महिला मृत, सँगै बसेका पुरुष फरार

बुटवलमा होटलभित्र महिला मृत, सँगै बसेका पुरुष फरार

प्रतिकात्मक तस्बिर


नेपालखबर
कात्तिक ६, २०७९ आइतबार १४:५, रुपन्देही

रुपन्देहीमा होटलभित्र एक महिला मृत फेला परेकी छन्। उनीसँगै बसेका पुरुष भने फरार भएका छन्। 

रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ हाटबजारमा कपडा पसल गर्ने ३८ वर्षीया मनीषा जैसवाल सोही उपमहानगपालिका–९, इँटाभट्टीस्थित होटल वजन २४ मा शनिबार मृत अवस्थामा फेला परेकी हुन्। 

उक्त होटलको कोठा नम्बर ३०३ मा शुक्रबार पुरुष र महिला गरी २ जना बसेका थिए।

तर कोठा बन्द रहेको र सम्पर्कमा समेत नआएको भनी होटल सञ्चालकले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय (बुटवल) बाट खटिएको प्रहरीले कोठा खोली हेर्दा जैसवाललाई मृत अवस्थामा फेला पारेको हो।

उनीसँगै बसेका पुरुष भने फरार रहेको र हाल उनको नाम, थर, वतन नखुलेको प्रहरीले जनाएको छ। प्रहरीले उनको खोजी गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .