काठमाडौंको गोठाटारमा गोली चलेको छ। गोली लागेर एक जना घाइते भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरत बोहराले जानकारी दिए। गोली लागेर लाल मोहम्मद घाइते भएका छन्। उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। थप अप्रेशन भइरहेको एसएसपी बोहराले बताए। प्रकाशित: असोज ३, २०७९ सोमबार १९:४८ 129 Shares
प्रतिक्रिया