नक्कली शैक्षिक प्रमाण पत्र बनाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुले प्रमाण पत्र बनाउन प्रयोग गर्ने उपकरणसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा एभीआई फोटो स्टुडियोका सञ्चालक मोरङ घर भइ हाल काठमाडौंको गौशाला बस्ने ३० वर्षीय चबुरलाल चौधरी, सिन्धुलीको सुनकोशी गाउँपालिका ४ घर भई बानेश्वर बस्ने एमए जेनेरल फोटो स्टुडियोका सञ्चालक ४३ वर्षीया सुमित्रा कोइराला र आरएन फोटो स्टुडियोका सञ्चालक सोलुखुम्बुको दुधकुण्ड गाउँपालिका ४ का २४ वर्षीय फूल्हम तामाङ रहेका छन्।
उनीहरुको स्टुडियोका कम्प्युटर, नक्कली प्रमाण पत्र लगायतका सामाग्री प्रहरीले बरामद गरेको छ। फोटो स्टुडियोहरूले एसएलसी, ११ र १२ का प्रमाण पत्र नक्कली बनाउने गरेको खुलेको छ।
उनीहरुले वैदेशिक रोजगारीमा जाने व्यक्तिका लागि ५ सयदेखि एक हजार रुपैयाँ लिएर नक्कली प्रमाण पत्र बनाइदिने गरेको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया