ad ad

अपराध


काठमाडौंमा डाँकाको समूह, बहाना बनाएर घरभित्र छिर्दै लुट्दै

जेलबाट छुटेर फेरि अर्काे अपराध
काठमाडौंमा डाँकाको समूह, बहाना बनाएर घरभित्र छिर्दै लुट्दै

नेपालखबर
साउन ३१, २०७९ मंगलबार १५:३, काठमाडौँ

काठमाडौं उपत्यकामा डकैती गर्ने एउटा समूह पक्राउ परेको छ। उपत्यकार अपराध अनुसन्धान कार्यालयले उक्त समूहका तीन जनालाई पक्राउ गरेको कार्यालय प्रवक्ता एसपी कृष्ण कोइरालाले जानकारी दिए। 

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ७ का ३८ वर्षीय रामसिंह तामाङ, मकवानपुरको बागमती गाउँपालिका ८ फापरबारीका ३८ वर्षीय दिलबहादुर सिङतान र मकवानपुरकै बकैया ५ घर घई हाल काठमाडौंको जोरपाटी बस्ने ३५ वर्षीय सुशिल भन्ने बाबलाल थिङ रहेका छन्। 

उनीहरुले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा रातिको समयमा अर्काको घरभित्र पस्ने र परिवारलाई नियन्त्रणमा लिएर डकैती गर्ने गरेको खुलेको छ।

साउन २४ गते राति साढे १२ बजेतिर कीर्तिपुरका नारायण बस्नेतको घरमा पनि उनीहरुले डकैती गरेको खुलेको छ। धारिलो हतियार देखाई सुन तथा हिराका गरगहना समेत डकैती गरेको प्रहरीको आरोप छ। 

उनीहरुको साथबाट प्रहरीले एक लाख ४२ हजार १०५ रुपैयाँ र डकैतीमा प्रयोग गरेको खुकुरी दुई थान, फलामको रड र मोटरसाइकल पनि बरामद गरेको छ। 

उनीहरुले डकैती गर्दा परिवारका सदस्यको हात बाँध्ने, मुखमा टेप लगाइदिने गरेको खुलेको छ। कहिले प्रहरी बताएर खानतलासी गर्न आएको समेत भन्ने गरेको खुलेको छ। डाँका गर्ने घरमा दुई दिन अगाडि नै गएर रेकी गर्ने गरेको पाइएको छ। विभिन्न बहानामा घरभित्र पस्ने र पछि डकैती गर्ने गरेका छन्।

यसअघि उनीहरुले अन्य घरमा पनि चोरी गरेको खुलेको एसपी कोइरालाले बताए। गत असार ६ गते राति १ बजे शंखरापुर नगरपालिका ९ खुलालटारमा लालबहादुर थापाको घरमा पनि उनीहरुले नै चोरी गरेको खुलेको छ। हातहतियार देखाएर नगद तथा सुनचाँदीका गरगहना गरी २ लाख ४१ हजार रुपैयाँ बराबरको चोरी भएको थियो। 

असार ३२ गते शंखरापुर ९ कै सुशीला थापाको घरमा पनि चोरी भएको थियो। त्यहाँबाट पनि उनीहरुले नगद तथा सुनचाँदीका गरगहना गरी ६ लाख ५ हजार ७५० रुपैयाँ बराबरको धनमाल डकैती गरेका थिए। 

असार २० गते राति १ बजेतिर काभ्रेपलान्चोकको बनेपा नगरपालिका ११ स्थित सलामसिंह लामाको घरमा पनि उनीहरुले लुटपाट गरेको खुलेको छ। त्यहाँ हतियारसहित पुगेका उनीहरुले नगद तथा गरगहना गरी १२ लाख ४९ हजार बराबरको धनमाल डकैती गरेका थिए। 

यसअघि पनि पक्राउ 
डाँका चोरीमा संलग्न यी व्यक्तिहरु यसअघि पनि यस्ता मुद्दामा पक्राउ परेको पाइएको छ। यसअघि खुन डाँका, चोरी डाँका र कर्तव्य ज्यान जस्ता मुद्दामा पक्राउ परेर कैद भुक्तान गरेर छुटेको खुलेको छ। छुटेपछि पनि पुनः आपराधिक गतिविधिमा संलग्न रहेको खुलेको एसपी कोइरालाले बताए। 

दिलबहादुर तामाङ २०६८ सालमा ललितपुरमा खुनडाँकाको मुद्दामा पक्राउ परेका थिए। २०७८ पुसमा कैदमुक्त भएको प्रहरीले जनाएको छ। रामसिंह तामाङ पनि यसअघि पक्राउ परेर कैद भुक्तान पनि छुटेको खुलेको छ। 

उनीविरुद्ध २०६३ सालमा भक्तपुरबाट मानवबेचविखनको मुद्दामा मुद्दा दायर भएको थियो। २०७४ सालमा छुटेपछि उनी बौद्धको नयाँबस्तीमा रक्सी पसल सञ्चालन गरेर बस्दै आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .