ad ad

अपराध


१० लाख बराबरको यार्सागुम्बा बरामद

१० लाख बराबरको यार्सागुम्बा बरामद

बरामद यार्सागुम्बासहित सशस्त्र प्रहरी


नेपालखबर
साउन ३१, २०७९ मंगलबार १३:५८, बाँके

बाँकेको जानकी गाँउपालिका १ पञ्चपोखरा इलाकाबाट साउन ३० गते सशस्त्र प्रहरीले झन्डै १० लाख रुपैयाँ मूल्यको यार्सागुम्बा बरामद गरेको छ।

अवैध रूपमा भारततर्फ लैजाँदै गरिएको ४ सय ५० ग्राम यार्सागुम्बा सशस्त्र प्रहरी बल नेपाल बीओपी (जयसपुर) ले बरामद गरेको हो।

बरामद यार्सागुम्बा

यार्सागुम्बा ल्याउने व्यक्ति गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथ यार्सागुम्बा छाडी भागेका थिए।

बरामद यार्सागुम्बा आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय (नेपालगन्ज) मा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .