ad ad

अपराध


सल्यानमा एसिड छ्यापेको आरोपमा पक्राउ

सल्यानमा एसिड छ्यापेको आरोपमा पक्राउ

प्रतिकात्मक तस्बिर


नेपालखबर
साउन ३१, २०७९ मंगलबार १२:३४, सल्यान

सल्यानमा एसिड छ्यापेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

आफ्नै ३ जना नातेदारलाई एसिड छ्यापेको अभियोगमा सल्यानको दार्मा गाउँपालिका–३, चम्फुटाकुरा बस्ने ५० वर्षीय बेचे रावतलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हाे।

प्रहरीका अनुसार रावतले मादक पदार्थ पिई लेनदेन विवादमा एसिड छ्याप्दा सोही ठाउँस्थित आफ्नै पसलमा बसिरहेका उनकै भाइसमेत ३ जना घाइते भएका हुन्। 

खबर पाउनासाथ इलाका प्रहरी कार्यालय (दार्मा) बाट खटिएको प्रहरीले उनलाई एसिडसहित पक्राउ गरेको हो। तीनै जना घाइतेलाई उपचारका लागि नेपालगन्जतर्फ पठाइएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .