ad ad

अपराध


विदेशी मुद्रा अपचलनमा भारतीय र पाकिस्तानी नागरिकहरुविरुद्ध मुद्दा दायर

विदेशी मुद्रा अपचलनमा भारतीय र पाकिस्तानी नागरिकहरुविरुद्ध मुद्दा दायर

नेपालखबर
साउन ३०, २०७९ सोमबार १५:५३, काठमाडौँ

राजस्व अनुसन्धान विभागले भारतीय र पाकिस्तानी नागरिकविरुद्ध छुट्टाछुट्टै रुपमा मुद्दा दायर गरेको छ। 

विभागले विदेशी मुद्रा अपचलनमा संलग्न रहेको भन्दै भारत वाराणसीका चाँदबाबु मोहम्मद शरिफ, पाकिस्तान कराचीका जाबेद अस्लाम खानविरुद्ध मुद्दा दायर गरेको हो। 

चाँदबाबु अहिले कारागार कार्यालय भीमफेदीमा संगठित अपराध मुद्दामा थुनामा रहेका छन् भने जाबेद सशस्त्र प्रहरी गुल्म जगन्नाथ देवलमा थुनामा रहेका छन्। 

चाँदबाबुको साथबाट भारतीय २ हजार दरको ३५ वटा नोट बराबर हुन आउने भारु र जावेदबाट अमेरिकी डलरसहितका विदेशी मुद्रा बरामद भएको थियो। प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो तथा कारबाही शाखाको ०७४ पुस ४ को पत्रबाट बरामद रकमसहित दुवैविरुद्ध विदेशी विनिमयतर्फ अनुसन्धान भएको र त्यसपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ। 

सोहीअनुसार उनीहरु हाल कारागारमा रहेको विभागको भनाइ छ। अनुमतिविना विदेशी मुद्राको कारोबार गरेको ठहर भएको विभागले जनाएको छ। सोही कारण वारदात मितिको सटही दरअनुसार कायम हुन आएको जावेदको हकमा ५० लाख १६ हजार ६ सय ८७ र चाँदबाबुको हकमा १ लाख १२ हजार १०५ रुपैयाँ बिगो कायम गरी जफत गर्न मागदाबी गरिएको छ। 

त्यसैगरी अर्का पाकिस्तानी नागरिक हाफिज एटिक उर रहमानविरुद्ध पनि जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ। उनको साथबाट गत माघ १४ मा विमानस्थलमा साउदी रियाल ५ सय दरको ९४ थान, सय दरको १, ५० दरको १ गरी जम्मा ४७ हजार १५० रियाल तथा यूएईको दिराम २ सय दरको १, सय बैसा दरको ३ गरी जम्मा ओमानी रियाल ५.५ र ३०० बैसा र भारु सय दरको १ थान लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरिएकोमा मुद्दा दायर गरिएको हो। हाफिजविरुद्ध ९ लाख २६ हजार ४ सय ९१ रुपैयाँ जफत गर्न मागदाबी गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .